Comments Add Comment

१० प्रदेशको अडान नछाड्न प्रचण्डलाई पद्मरत्नको आग्रह

४ फागुन, काठमाडौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले सरोकारवाला पक्षहरुसँग सहमति नगरी पहिचानसहितको १० प्रदेशको अडानबाट पछि नहट्न  प्रचणडलार्इ आग्रह गरेका छन् ।

तुलाधरले वार्ता र सम्वाद जारी राख्न सुझाव दिएका छन् । तुलाधरसहितका नेताहरुले प्रचण्डलाई भेटेर संघीयताबारे माओवादी र ३० दलको अडानबारे चासो राखेका हुन् ।

‘प्रचण्ड बाबुरामले ६ प्रदेश मान्न सकिने भनेको कुराहरु आएपछि हामीले भटेका हौं’ तुलाधरले अनलाइनखबरसँग भने ।

Padma ratna tuladhar

भेटमा तुलाधरसहितका नेताहरुले आफूहरु १० प्रदेशको पक्षमा रहेको भन्दै सारोकारबाला पक्षहरुसँग सल्लाह नगरी सम्झौता नगर्न आग्रह गरेका छन् । ‘दलहरुसँग वार्ता हुन्छ, सम्झौता गर्नुपर्छ’ तलुधरले भने-सबैलाई कन्भिन्स गरेर मात्र कुनै सहमतिमा पुग्नुस् ।’

माघ ५ मा प्रमुख दलहरुबीच भएको वार्तामा माओवादी नेताहरुले प्रस्तावित १० प्रदेशमा नेवाः र ताम्सालिङ, तमुवान र मगरात तथा किरात र लिम्बुवानलाई जोडेर ६ प्रदेश बनाउन सकिने बताएका थिए । अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा पनि प्रचण्डले सरोकारवाला पक्ष सहमत भए माओवादीलाई स्वीकार्य हुने बताएका थिए ।

तर, माघ ८ पछिको परिस्थितिमा ६ प्रदेशमा नै कायम नरहने संकेत प्रचण्डले दिएका छन् । यद्यपि पहिचानमा आधारित ६ देखि १० प्रदेशसम्म जनजाति र मधेसीहरुलाई मनाउन आफूले सक्ने उनले बताएका छन् ।

नबोलाई कहीँ जान्न

यसअघि दलहरुबीच सहमतिका लागि पहल गर्दै आएका तुलाधर आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको अध्यक्ष बनेपछि त्यसतर्फ त्यति सक्रिय छैनन् ।

यसबारे प्रश्न गर्दा तुलाधरले भने-म विगतमा पनि आन्दोलन छाडेर सहजकर्ता भएको होइन । अहिले पनि दमनाथ ढुंगानाहरुले गरेको पहलमा मैले पनि समर्थन गरेको छु । दलहरुबीच वार्ता-सम्वाद होस् भन्ने आग्रह गरेको छु ।’

दलहरुले वार्ताका लागि सहजकर्ता/मध्यस्थकर्ता आवश्यक रहेको महसुस नगरेको उनको बुझाइ छ ।

वार्ताका लागि नागरिक समाजका अगुवाहरुले पहल गर्दा संघीयताको मुद्दा आएपछि उनीहरु आफैं पनि विभाजित हुने गरेको तुलाधरले बताए । उनले भने-‘अहिले शसक्त मध्यस्थकर्ता चाहिएको छ तर, संघीयताको कुरा आउनासाथ नागरिक समाजकै छुट्टा छुट्टै धारणा आउँछ । त्यसपछि वार्ता र सहमति गर्नुस् भन्ने बाहेक केही हुन्न ।’

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन मोर्चाको संयोजक भएर आन्दोलनमा नै उत्रिएपछि उनले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छैनन् । प्रधानमन्त्री सुशील कोइरालासँग सार्वजनिक कार्यक्रममा दुई पटक भेटे पनि छुट्टै भेट भने भएको छैन ।

उनले भने-‘म नबोलाई जाने गरेको छैन, दोस्रो तहका नेताहरुसँग कुराकानी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment