Comments Add Comment

जेएमईले सुरु गर्‍यो आन्तरिक रेमिट्यान्स सेवा

१३ फागुन, काठमाडौं । जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको जापान मनि एक्प्रेस (जेएमई)ले आफ्ना सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन आन्तरिक विप्रेशन (रेमिट्यान्स) सेवा शुरु गरेको छ ।

जेएमईका ब्यापार विकास प्रबन्धक प्रताप श्रेष्ठका अनुसार जेएमईले खाडि तथा मलेसियामा रहेका विभिन्न एक्सचेन्ज हाउसहरसँग सम्झौता गरी त्यस क्षेत्रबाट पनि रेमिट्यान्स कारोवार शुरु गरिसकेको छ । श्रेष्ठ भन्छन-‘सेवाग्राहीलाई थप सहजताका लागि हामीले आन्तरिक विप्रेशन सेवा पनि शुरु गरेका हौ ।’

जेएमईमार्फत आएको रेमिट्यान्स र मुलुकभित्रै पनि जेएमईमार्फत पठाएको रकम देशभरका १५ सयभन्दा बढी एजेण्ट तथा विभिन्न बैंक र वित्तिय संस्थाका भुक्तानी लिन सकिने छ ।

जेएमईले नयाँ-नयाँ प्रविधी भित्र्याईरहेको प्रबन्धक श्रेष्ठले बताए । ग्राहकले सिधै जेएमईको वेभसाइटमा गएर समेत आफ्ना आफन्तको हातमा रेमिट्यान्स पठाउन सक्ने अनलाइन सिस्टम समेत शुरु गरेको छ । प्रवन्धक श्रेष्ठ भन्छन-‘हाम्रा सेवाग्राहीहरुलाई हामी नयाँ-नयाँ प्रविधीद्धारा थप सुविधा र नयाँपन दिन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment