Comments Add Comment

नेपाल बैंकको सीइओमा सात जनाको आवेदन, कस्ले मार्ला बाजी ?

१४ फागुन, काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि सात जनाले आवेदन दिएका छन । बैंकले सार्वजानिक सूचना नै जारी गरेर योग्य उम्मेद्धारलाई फागुन १० गतेभित्र आवेदन दिन आहृवान गरेको थियो ।

अनलराज भट्टराई, कुमार लम्साल, देवेन्ऽप्रताप शाह, कुलराज चालिसे, समिर दाहाल, छविराज पन्त र रघुनाथ खनालले सीइओ पदका लागि आवेदन दिएका छन ।

आवेदकमध्ये भट्टराइ कमर्ज एण्ड ट्रष्ट र लम्साल प्रभू बैंकको सीइओ पद छोडेर खाली बसेका थिए ।

त्यसैगरी, शाह बीमा समितिको अध्यक्ष र कृषि बिकास बैंकको महाप्रबन्धक भएर काम गरिसकेका छन । त्यस्तै, पन्त हाल नेपाल एसबीआई बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् भने चालिसे नेपाल बैंकका पूर्वकर्मचारी हुन् । दाहाल सिटिजन्स बैंकमा प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् भने खनाल हाल नेपाल बैंकमै उपमहाप्रबन्धक पदमा कार्यरत छन् ।

बैंकको व्यवस्थापन लामो समय नियामक निकाय नेपाल राष्ट्र बैंकले सम्हालेको थियो । नेपाल राष्ट्र बैंकको व्यवस्थापन फिर्ता भएपछि बैंकले सिइओ नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

बैंकको सुधार गर्न सरकारले विश्व बैंक र डिएफआइडिसँग ऋण तथा अनुदान लिएको थियो । ७७ बर्ष अघि स्थापना भएको यो बैंक नेपालकै सबैभन्दा पुरानो बैंक हो । सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्र सञ्चालन गरी समस्यामा परेका सरकारी लगानीका बैंकहरुलाई बचाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment