Comments Add Comment

महमुदुल्लाह बने विश्वकपमा शतक बनाउने पहिलो बंगलादेशी

Mahmudullah
महमुदुल्लाह विश्वकप क्रिकेटमा शतक बनाउने पहिलो बंगलादेशी क्रिकेटर बनेका छन् । सोमबार इंग्ल्याण्डविरुद्धको खेलमा उनले १०३ रन रन बनाएका हुन् ।

उनले १३१ बलमा सात चौका र दुई छक्काको मदतमा शतक पुरा गरे ।

यसअघि विश्वकपमा एकै इनिङमा सर्वाधिक रनको रेकर्ड तमिमको नाममा थियो । उनले स्कटल्याण्डविरुद्ध ९५ रन बनाएका थिए ।

१०३ रनमा आउट हुनुअघि महमुदुल्लाहले पाँचौं विकेटका लागि मुस्पिmकर रहिमसँग विश्वकपमा बंगलादेशका लागि कीर्तिमानी १४१ रनको साझेदारी गरे । यसअघि महमुदुल्लाहले नै स्कटल्याण्डविरुद्धको खेलमा तमिम इकवालले १३९ रनको साझेदारी गरेका थिए । 

रहिमको लगातार तेस्रो अर्धशतक

बंगलादेशका मुस्फिकर रहिमले विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाए । उनी सोमबार ८९ रनमा आउट भए । ७७ बलको सामना गरेका उनले आठ चौका र एक छक्का प्रहार गरे । उनले ६९ बलमा तीन चौका र एक छक्काको मदतमा अर्धशतक पुरा गरेका थिए ।

इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन

महमुदुल्लाह र रहिमको उत्कृष्ट प्रदर्शनको मदतमा बंगलादेशले ५० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन बनायो । यो इंग्ल्याण्ड विरुद्ध बंगलादेशले वन डे क्रिकेटमा बनाएको ठूलो स्कोर हो ।

यसअघि २०१० मा ढाकामा २६० रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment