Comments Add Comment

नेपाल र पोल्याण्ड चेम्बरबीच व्यवसायीक सम्बन्ध बढाउने सम्झौता

Chembar

५ चैत, काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र पोल्याण्ड चेम्वर अफ कमर्सबीच दुई देशको आर्थिक तथा व्यापारिक सम्बन्ध बढाउने सम्झौता भएको छ ।

पोल्याण्डको वार्सामा भएको सम्झौतामा नेपाली चेम्बरको तर्फबाट वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा र पोल्यान्ड चेम्वरको तर्फबाट निर्देशक जर्जी ड्रोजले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा पोल्याण्डका अर्थमन्त्री जर्जी डव्लु पिटरविजको समेत उपस्थिती रहेको थियो ।

समझदारी अनुसार दुबै चेम्वरले आ-आफ्नो मुलुकमा विद्यमान आर्थिक तथा व्यापारिक सम्भावनाको सूचना एवं जानकारी आदान प्रदान गर्नेछन् । दुई देशबीच औद्योगिक तथा व्यापारिक प्रतिनिधीमण्डलको आदान प्रदान गर्ने, व्यापार, मेला गोष्ठी तथा कार्यशाला गर्ने,  प्रविधि हस्तान्तरण आदिमा दुबै चेम्बरहरुले सहकार्य गर्नेछन् ।

साथै, दुबै देशबीच निजी क्षेत्रमा हुने व्यापारिक कारोबारमा कुनै विवाद उत्पन्न भए आपसी समझदारीबाट समस्या समाधान गर्न मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment