Comments Add Comment

उद्योग बाणिज्य संघ गुल्मीको निर्वाचन शनिबार

नेकपा र कांग्रेसका ब्यापारीबीच प्रतिस्पर्धा हुने

७ चैत, गुल्मी । राजनीतिक खिचातानीका कारण नेतृत्व चयन गर्न नसकेको उद्योग बाणिज्य संघ गुल्मीको चुनाव शनिबार हुने भएको छ । पुस २७ र २८ गते सम्पन्न २७ औं जिल्ला अधिवेशनमा विवाद भएपछि नेतृत्व चयन हुन सकेको थिएन ।

चुनावका लागि नेकपा र कांग्रेस निकट व्यवसायी तथा व्यापारीहरुले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । गुल्मीमा प्यानलै बनाएर उम्मेदवार घोषण गरिएको पहिलो पटक हो ।

यसअघिका अधिबेशनमा भने दुबै दलहरुबीच सहमति गरेर नेतृत्व भागबण्डा हुने गरेको थियो । तर, यस पटक भने सहमतिको प्रयास असफल भएको छ ।

चुनावमा नेकपाका तर्फबाट निवर्तमान अध्यक्षसमेत रहेका दूगाप्रसार्द पाण्डेय र कांग्रेसबाट निवर्तमान बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

पाण्डेको प्यानलबाट उपाध्यक्षहरु रेमलाल पाण्डेय, दूर्गाचन्द्र बोहरा र वीरेन्द्र भुसाल रहेका छन् । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सहकोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । अन्य सदस्यमा १० जना उम्मेदवार छन् ।

श्रीप्रसादको प्यानलमा उपाध्यक्षहरुमा रामप्रसाद पन्थी, इश्वरी पौडेल, मृगेन्द्र श्रेष्ठ रहेका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा ईश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याललाई उम्मेदवार बनाएका रहेका छन् । सदस्यमा पनि १० जना नै उम्मेदवार छन् ।

नेकपा समर्थित उम्मेदवार पाण्डेयले अघिल्लो सहमतिअनुसार अध्यक्ष छोडन् तयार भए पनि अरु पदमा स्थान नदिएपछि सबै पदमा उम्मेदवार घोषणा गर्नु परेको बताए ।

कांग्रेस समर्थित उम्मेदवार भलामीले गुल्मी सानो ठाउँ रहेको र समानान्तर संस्था नखोल्ने सहमति भए पनि अर्को संस्था जन्मिएकाले त्यसलाई रोक्नका लागि कुनै पहल नगरेकाले प्यानलै चुनावी मैदानमा उत्रिएको बताए । यस पटक संघको अध्यक्षमा कांग्रेस निकट बयापारीलाई समर्थन गर्ने अघिल्लो चुनावमै सहमति भएको थियो ।

उद्योग बाणिज्य संघ गुल्मीको कार्यसमितिमा ९ जना पदाधिकारी, ८ जना सदस्यसहित १७ जना निर्वाचित हुनेछन् । २ जना महिला र अन्य ४ जना मनोनित गरिनेछ ।

बि.सं. २०४० सालमा स्थापना गरिएको बाणिज्य संघ गुल्मीमा बिभिन्न व्यवसाय गर्दै आएका ५ सय बढी सदस्यहरु संघमा आबद्ध रहेको छन् । जिल्लाको सदरमुकाम तम्घासमा कार्यलयको संघ ५ वटा उपशाखा आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment