+
+
Shares

सरकारलाई सांसद सीता थपलियाको ७ प्रश्न

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले चुनावको बेला गरेको वाचा र चुनावपछि सरकार बनाएर गरेको व्यवहारका बीचमा के कति तादम्यता छ भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधिसभामा सरकारलाई १०० बुँदे संकल्प, अस्पताल सेवा, भूमिहीन अधिकार, युवाका अवसर र महंगीबारे सात प्रश्न राखिन्।
  • उनले २१ फागुन २०८२ को चुनावमा जनताले दिएको विश्वासअनुसार सरकार चल्नुपर्ने र प्रधानमन्त्रीलाई १०० बुँदे संकल्प कार्यान्वयनबारे जवाफ दिन आग्रह गरिन्।
  • थपालियाले भोटेकोशी बाढीपछि त्रिशूलीको फुर्केखोलाको पुल २३ दिनदेखि बगेको बताउँदै धादिङ, रसुवा र नुवाकोटका प्रभावितलाई ऋणको ब्याज र विद्युत महसुल मिनाहा गर्न माग गरिन्।

१ असोज, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले चुनावको बेला गरेको वाचा र चुनावपछि सरकार बनाएर गरेको व्यवहारका बीचमा के कति तादम्यता छ भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विभिन्न सात वटा प्रश्न राखिन् ।

१. १०० बुँदे सकल्प यहाँ पुग्यो ?

२. अस्पतालमा उपचार पाइयो कि पाइएन ?

३. भूमिहीनले अधिकार पाए कि पाएनन् ?

४. युवाले अवसर पाए कि पाएनन् ?

५. सरकारले आफ्नै आयोगको प्रतिवेदन सार्वजनिक गर्यो कि गरेन ?

६. हाम्रो हिमालका आवाज विश्वले सुन्यो कि सुनेन ?

७. सरकारले बजारको महंगी नियन्त्रण गर्न सक्यो ?

२१ फागुन २०८२ को चुनावमा जनताले जे विश्वास राखेर जनताले मत दिएका थिए त्यसअनुसार सरकारले काम गर्नुपर्ने उनको आग्रह छ । यहाँनेर उनले भनेकी छन्, ‘म प्रधानमन्त्रीज्युलाई स्मरण गराउन चाहन्छु, तपाइले गर्नु भएको १०० बुँदे सकल्प यहाँ पुग्यो ?’

चुनावका बेला सरकारले १०० बुँदे संकल्प ल्याएकाके थियो । प्रधानमन्त्री भए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले पनि १०० दिनमा गर्ने गरी १०० बुँदे कार्यसूची ल्याएका थिए ।

यो स्मरण गर्दै सांसद थपलियाले ‘कति नागरिकको जीवनमा परिवर्तन आयो’ भनेर प्रश्न गरेकी हुन् ।

यसबाहेक उनले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको आज २३ दिन भइसकेको बताइन् । बारम्बार सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, जनताको आवत जावत दैनिकि सहज बनाउन यथाशीघ्र अस्थायी बेलिब्रिज निर्माण गर्न आग्रह गरिसकेको तर सरकार कानमा तेल हालेर बसेको बताइन् ।

बाढिका कारणले प्रभावित ठाउँहरु धादिङ, रसुवा ,नुवाकोट का ब्यबसायी तथा आम नागरिकले बैंक बाट लिएको ऋण को ब्याज तथा विद्युत को महसुल पुनस्र्थापना नहुन्जेल सम्म सरकारले मिनाहा गर्नुपर्ने माग गरिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?