२४ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य सीता थपलियाले सरकार गठनको सय दिन पुग्दै गर्दा होल्डिङ सेन्टरका सुकुमवासीले आँसु उपहार पाएको बताएकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थपलियाले भनिन्, ‘सरकारले सुकुमवासीलाई आँखामा आँसु उपहार दिएर १०० दिन मनायो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्वको सरकार पनि विगतका दलहरूको भन्दा फरक हुन नसकेको उनको दाबी थियो । उनले बैठकमा भनिन्, ‘पुराना दललाई तराजु लिएर जोखेर हिंड्नु भन्दा अगाडि यहाँहरूले ऐना हेर्नु जरुरी छ किनकी यहाँहरूको अनुहार पनि हिलो पर्न थालीसक्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4