Comments Add Comment

मानव तस्करीको नयाँ रुट, तेहरान-थाइल्यान्ड-नेपाल-चीन हुँदै युरोप

१२ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मानव तस्करहरूले युरोपेली मुलुकहरूको राहदानी बैंककमा बिक्री गरेर नेपालबाट चीन हुँदै युरोप पठाउने नयाँ रुट प्रयोग गर्न थालेका छन्।
human_trafficking_902382875
बैंककमा सक्रिय मानव तस्करहरूले विभिन्न द्वन्द्वग्रस्त मुलुक र इरानी नागरिकहरूलाई युरोपेली मुलुकका राहदानी बिक्री गरेर युरोप छिराउन चीनको बाटो प्रयोग गर्न थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनीहरूले सधैं प्रयोग गर्ने भारत, बैंकक, अबुधाबीलगायतका विमानस्थलमा विशेष सुरक्षा निगरानी बढेपछि तस्करहरूले चीन हुँदै युरोपेली मुलुक छिर्ने नयाँ रुट प्रयोगमा ल्याएका छन्।

बैंककमा इटालीको नक्कली राहदानी बेचेर दलालहरूले नेपालबाट चीन हुँदै फ्रान्स पठाउन लागेकी एक इरानी महिला कुनमिङमा पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो।

तेहरानबाट थाइल्यान्ड, नेपाल, चीन हुँदै फ्रान्स जान लागेकी इरानी युवती पक्राउ परेपछि उनीहरूले चीनलाई समेत युरोपेली मुलुक छिर्ने ट्रान्जिटका रूपमा विकास गर्न खोजेका छन्।

सन् २०१४ को सुरुदेखि हालसम्म विभिन्न युरोपेली मुलुकका नक्कली राहदानीमा युरोप छिर्न खोज्ने २२ जना इरानीलाई पक्राउ गरी नेपालको अध्यामगन विभागले निष्कासन गरेको छ। तीमध्ये कसैले पनि चीनको बाटो हुँदै युरोप छिर्ने प्रयत्न गरेको देखिँदैन।

उनीहरूले प्रयोग गर्दै आएको भारत, थाइल्यान्ड, अबुधाबीलगायतका नाकामा त्यहाँका अध्यामगनले निगरानी बढाएपछि दललाहरूले चीनको रुट प्रयोग गर्न नक्कली राहदानीवाहक यात्रुलाई सुझाउन थालेका छन्।

चीनको कुनमिङ अध्यामगनले इटालीको राहदानी नक्कली भएको भन्दै फिर्ता (इन्ट्री रिफ्युज) गरेपछि काठमाडौं विमानस्थल अध्यागमनले चैत १ मा इरानी महिला इब्राहिमी इरमियालाई पक्राउ गरेको हो।

उनी फागुन २८ गते इटालीको नक्कली राहदानीमा नेपाल छिरेकी थिइन्। अध्यामगन विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी बाबुराम खतिवडाले पक्राउ परेकी इब्राहिमीलाई जाली राहदानीअन्तर्गत मुद्दा चलाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment