Comments Add Comment

मिचेल स्टार्क विश्वकपको उत्कृष्ट क्रिकेटर

Mitchell-Starc

विश्व च्याम्पियन अष्ट्रेलियाका मिचेल स्टार्क विश्वकप क्रिकेट २०१५ को उत्कृष्ट खेलाडी बनेका छन् ।

८ खेलमा २२ विकेट लिएका उनी प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । ६३.५ ओभर बलिङ गरेका उनको इकोमोनी औसतमा ३.५० रहृयो ।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले पनि समान २२ विकेट लिएका छन् । तर, उनले ९ खेल खेलेका छन् । सर्वाधिक विकेट लिने बलरको तेस्रो स्थानमा भारतका उमेश यादव रहे । उनले १८ विकेट लिएका छन् ।

गुप्टिलको सर्वाधिक रन

फाइनलमा न्यूजिल्याण्ड अष्ट्रेलियासँग चुक्यो । तर, किवी टीमका मार्टिन गुप्टिलले सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

उनले ९ खेलमा ५४७ रन बनाएका छन् । जसमा वेष्ट इण्डिजविरुद्धको २३७ रन समेत छ । यो विश्वकपको सबैभन्दा ठूलो स्कोर हो । गुप्टिलले यो विश्वकपमा १६ छक्का र ५९ चौका हानेका छन् ।

दोस्रो स्थानमा श्रीलंकाका कुमार सांगाकारा रहे । उनले ७ खेलमा ५४१ रन बनाए । उनले वन डे तथा विश्वकपमा लगातार चार शतकको रेकर्ड बनाएका छन् ।

तेस्रो स्थानमा एबी डिभिलियर्स रहे । उनले ८ खेलमा ४८२ रन बनाउका छन् । यो विश्वकपमा उनले सबैभन्दा कम बलमा १५० रनको रेकर्ड बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment