Comments Add Comment

महिनावारीको तस्वीरले इन्टरनेटमा हंगामा, इन्स्टाग्रामले माफी माग्यो

period-pic

क्यानडामा बस्ने भारतीय मूलकी रुपी कौरले केही दिनअघि महिनावारी हुँदा कपडामा लागेको रगतसहितको तस्वीर इन्स्टाग्राममा शेयर गरिन् ।

त्यसबेला उनलाई लागेको थिएन, यही फोटोले उनी बिश्वभर चर्चित हुनेछिन र यसैका बिषयमा बिश्वभरका इन्टरनेट प्रयोगकर्ताहरु समर्थन र बिरोधमा उत्रिनेछन् ।

इन्स्टाग्रामले उनको तस्वीरलाई सामाजिक संजालको नीति नियम बिपरित भन्दै एकपटक हैन दुईदुई पटक हटाइदियो । त्यहीँबाट सुरु भयो उनको लडाईं र चर्चाको यात्रा ।

तर, टोरेन्टोमा बस्ने रुपी कौरले इन्स्टाग्रामको निर्णयलाई चुनौती दिइन् । अन्तिममा इन्ट्राग्रामले उनीसँग माफी माग्दै तस्वीरले कुनै गाइडलाइन उल्लंघन नगरेको प्रस्ट गरेको छ ।

तस्वीर हटाउने क्रममा इन्टाग्रामले दिएको सन्देश
तस्वीर हटाउने क्रममा इन्टाग्रामले दिएको सन्देश

तर, त्यसबेलासम्म यो तस्वीरको कहानी विश्वभर चर्चाको विषय बनिसकेको थियो । केहीले यसको समर्थन गरे भने केहीले विरोध ।

‘यो तस्वीर पोष्ट गर्न आवश्यक छैन किनकी आगामी दिनमा विश्वलाई महिलाको आवश्यकता पर्ने छैन । र, हामी आफ्नो बच्चा प्रयोगशालामा जन्माउने छौं र पाल्नेछौं । यसैले महिनाबारीबारे चर्चा गर्नु अवश्यक छैन ।’ रुपी कौरको तस्वीर इन्टाग्राममा शेयर भएपछि आक्रोसिक एक व्यक्तिले दिएको प्रतिक्रिया हो यो ।

एक पुरुषले उनलाई धम्की समेत दिए । उनी भन्छिन्-मलाई हाँसो पनि उठ्यो कि आखिर के कारण मानिसहरु मलाई मरोस भन्ने चाहन्छन् ।’

उनी एक आर्ट प्रोजक्टको काम गर्दैछिन् । जहाँ उनले आम मानिसहरुमा रहेको माहिनावारीबारे धारणा परिर्वतन गर्ने कासिसमा थिइन् । ‘जुन तस्वीरलाई लिएर यत्रो हंगामा भयो, त्यो मैले आफ्नो कोर्सका रुपमा प्रोजेक्टका लागि तयार पारेकी थिएँ’ उनले भनिन् ।

कक्षाका साथीभाई र विश्वविद्यालयमा देखाउँदा सबैले यसलाई मन पराएका थिए । तर, उनी समाजमा यही कुरालाई कसरी लिइन्छ भन्ने बुझ्न चाहन्थिन । त्यही मनसायले यो तस्वीर इन्टाग्राममा शेयर गरिन् ।

‘जब मैले तस्वीर इन्स्टाग्राममा पोष्ट गरेँ, हंगामा मच्चियो । यस्तो प्रतिक्रियाको मैले अपेक्षा नै गरेको थिइँन’ उनले भनिन्-‘शायद इन्स्टाग्राम यस्तो ठाउँ हो, जहाँ सेक्सी तस्वीर, सन्दुर अनुहार र ग्लामरलाई मात्र हेरिन्छ ।’

‘महिनावासी समान्य कुरा हो । विश्वका आधा जनसंख्यालाई नियमित हुन्छ । तर, पनि हामी यो विषयमा अनविज्ञ झैँ गर्छौं । उनी अघि भन्छिन्-‘हामीलाई लाग्छ कि यदि महिलालाई यस्तो भयो भने त्यो कुरालाई गोप्य राख्नुपर्छ ।’

उनी पञ्जाबबाट क्यानडा जाँदा मात्र तीन वर्षकी थिइन् । माहिनावारी भएको समयमा महिलाहरुलाई गुरुद्धारमा सेवा गर्न दिइँदैन । किनकी यस्तो समयमा उनीहरुलाई अपवित्र मानिन्छ, तर, उनी भन्छिन्-‘यो समयमा महिलाहरु सबैभन्दा पवित्र हुन्छन् किनकी उनहरुले शरीरमा भएको फोहोर त्याग्छन् ।’

-बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment