Comments Add Comment

जाजरकोटमा थप क्षति हुन नदिन प्रधानमन्त्रीको निर्देशन

२९ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले जाजरकोटमा फैलिएको अज्ञात रोगको अनुसन्धान र विरामीहरुको प्रभावकारी उपचार गरी थप क्षति हुनबाट रोक्न स्वास्थ्य मन्त्रीसहितको विशेषज्ञ टोलीलाई निर्देशन दिएका छन् ।

Sushil Koirala 5
जाजरकोटका पैंक, अर्छानी र नायकबाडा गाविसमा अज्ञात रोगबाट ११ जनाको मृत्यु भैसकेको छ ।

उपचार सेवा नपाएर सर्बसाधारण ज्यान गुमाउन बाध्य भएपछि प्रधानमन्त्री कोइरालाले स्वास्थ्यमन्त्री अधिकारीलाई अबिलम्ब घटनास्थलमा विशेषज्ञ चिकित्सकको सेवा पुर्‍याई रोगको पहिचान गर्न निर्देशन दिएका उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए

स्वास्थ्यमन्त्रीसहितको टोली जाजरकोटमा

यसैबीच स्वास्थ्यमन्त्री खगराज अधिकारी र विशेषज्ञ चिकित्सकहरुको टोली आइतबार जाजरकोटको रोग प्रभावित क्षेत्रमा पुगेको छ ।

आइतबार विहान काठमाडौंबाट मन्त्री अधिकारी, सभासद राजिव विक्रम शाही र स्वास्थ्यकर्मीको टोली औषधि लिएर रोग प्रभावित क्षेत्रमा गएको हो । चिकित्सक र ल्याब टेक्निसियनको टोलीले पैंक गाविसमा पुगेर विरामीहरुको जाँच गर्नुका साथै रगत, खकार, दिसा र पिसावको नमूना संकलन गरी सदरमुकाम फर्केको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment