Comments Add Comment

७५० मेगावाटको पश्चिम सेतीमा १ खर्बको विदेशी लगानी स्वीकृत

३० चैत काठमाडौं । लगानी वोर्डले ७ सय ५० मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाका लागि चीनियाँ कम्पनी चाइना थ्रि गर्जेज कर्पोरेसनलाई आयोजना निर्माण गर्ने उद्देश्यका लागि नेपालमा कम्पनी स्थापना गर्न स्वीकृती दिएको छ ।

‘पश्चिम सेती निमर्ँण प्रक्रिया अघि बढाउनका लागि नेपालमा कम्पनी स्थापना गर्न थ्री गर्जेजलाई स्व्रीकृति दिइसकेका छौं’ लगानी बोर्डका एक अधिकारीले अनलाइनखबरसँग भने ।

West-seti-finalआयोजनाका बारेमा छलफल गर्न एक महिना अघि थि्र गर्जेजका अध्यक्ष र उपाध्यक्ष नेपाल आएका थिए । लगानी र आयोजनाका बारेमा टुङ्गो लागिसके पनि लगानी स्वीकृति नहुँदा पश्चिम सेतीलाई कम्पनी स्थापना गरेर काम अघि बढाउन सकिरहेको थिएन । लगानी स्वीकृतिसँगै चीनियाँ कम्पनीलाई नेपालमा संस्था दर्ता गर्ने बाटो खुलेको छ ।

तीन दिने नेपाल भ्रमणमा रहेको थ्री गर्जेजको टोलीले प्रधानमन्त्री शुशील कोइराला, अर्थमन्त्री रामशरण महत, उर्जा मन्त्री राधा ज्ञवाली, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्तलगायतसँग भेट गरेको थिए । संसदको कृषि तथा जलस्रोत समितिले पश्चित सेती बारे गरेको छलफल कार्यक्रममा उर्जा मन्त्री ज्ञवालीले नेपालको अधिकतम हित हुने गरी लगानीका लागि स्वीकृती दिइने बताएकी थिइन ।

आयोजनामा निर्माण्का लागि १ खर्ब ५० अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । जसमध्ये ७५ प्रतिशत थि्र गर्जेजले र २५ प्रतिशत नेपाल सरकारले लगानी गर्नुपर्ने सम्झौता छ ।

यो आयोजनाले सुदूर पश्चिमका वैतडी, वझाङ, डडेल्धुरा र डोटीको भुभाग ओगट् छ । २० बर्ष अघिदेखि चर्चामा रहेको यो आयोजनाले अब गति लिने लगानी बोर्डका अधिकारीहरु बताउँछन ।

यो पनि पढ्नुहोस- पश्चिम सेतीबारे सिंहदरबारभित्रै बाझाबाझ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment