Comments Add Comment

बजारबाट १० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक

NRB-Photo३ बैशाख, काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) बढेपछि नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँ बराबर निक्षेप खरीद गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँ निक्षेप खरिद गर्ने भएको हो ।

चार दिनअघि मात्रै केन्द्रिय बैंकले ०.६७८५ प्रतिशत व्याजदरमा पाँच अर्ब रुपैयाँ बराबरको निक्षेप खरीद गरेको थियो ।

बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले १३औं पटक निक्षेप खरीद गर्न लागिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकले चालु बर्षको मौऽकि नीतिबाट तरलता व्यवस्थापनका लागि निक्षेप खरीद गर्ने मौऽकि औजार प्रयोगमा ल्याएको हो । परिपक्क भएको निक्षेप बजारमा प्रवाह हुँदा तरलता बढकाले राष्ट्र बैंकले फेरि बजारबाट निक्षेप खिच्ने रणनीति अबलम्बन गरेको हो ।

अधिक तरलताले व्याजदर घटाउँछ । व्याजदर घटेपछि निक्षेपकर्ताहरुले बैंकमा निक्षेप राख्न छोडेर अन्यत्र लगानी गर्ने जोखिम बढ्छ । बैंकहरुले पनि अनुत्पादक क्षेत्रमा लगानी बढाउने दबाब पर्छ । अनुत्पादक क्षेत्रमा लगानी बढ्दा मुल्यवृद्धि उच्च हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले यो मौद्रिक औजारको प्रयोग गरेको हो ।

सरकारले आन्तरिक ऋणको पनि भुक्तानी थालेको छ, यसले बजारमा तरलता थप बढाउने छ । राष्ट्र बैंकले २६ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरिसकेको छ भने यही बैशाख ६ गते पाँच अर्बको निक्षेप परिपक्क हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment