Comments Add Comment

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

Nepal-U-14-Girls

८ वैशाख, काठमाडौं । साविकको विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा श्रीलंकाविरुद्ध ८-० को शानदार जित हात पार्दै नेपाल ९ अंकका साथ समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा इरानलाई ३-२ ले हराएको नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध १० गोल गरेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा १३ औं मिनेटमा रेखा रावलको गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारेकी मनिषा राउतले २६ औं मिनेटमा दोब्बर पारिन् ।

२९ औं मिनेटमा सरु लिम्बुले गोल गरेपछि पहिलो हाफमा नेपाल ४-० ले अगाडि रहृयो ।

दोस्रो हाफमा पनि नेपालले दबाव कायमै राख्यो । ३९ औं मिनेटमा निशा थोकरले गोल गरिन् । ४५ औं मिनेटमा रेखाले व्यक्तिगत गोल गरिन् भने ४७ औं मिनेटमा सरु लिम्बुले गोल गरिन् । 

खेलको ६४ औं मिनेटमा रन्जु खड्काले गोल गरेपछि नेपाल ८-० ले विजयी भयो ।

माल्दिभ्स पोष्टमा इरानको १८ गोल

अर्को खेलमा इरानले माल्दिभ्सविरुद्ध गोलको बर्षा गरेको छ । इरानले माल्दिभ्सलाई १८-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै ६ अंक जोडेको इरान समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

समूह बीको खेलमा बंगलादेशले भुटानलार्इ १६-० ले पराजित गरेको छ ।

सच्याइएको-इरानले माल्दिभ्सलाई हराएको हुर्नु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment