Comments Add Comment

प्रेम टुटेपछि कट्टुको लत, जसलाई कट्टुले नै टाट पल्टायो

Curt-Almond

उनमा कुनै लागुऔषध तथा जुवातासको लत थिएन । वास्तवमा त्यो लत स्वास्थ्यका लागि हानिकारक पनि होइन । तर उनको लत आर्थिक हिसाबले जुवातास तथा लागुपदार्थको लत भन्दा पनि खराब सावित भयो । वास्तवमा त्यो कट्टुको लत थियो, जसले उनलाई टाट पल्टायो ।

तिन दिनसम्म एउटै पेन्टी मात्र लगाइरहने आफ्नी भुतपूर्व प्रेमिकाको बानीबाट दिक्क भएका कर्ट अल्मोन्डमा प्रेम विछोडको पीडाले एउटा अनौठो बानीको विकाश भयो । उनलाई यस्तो लत लाग्यो की हरेक दिन एउटा नयाँ अण्डरवेयर फेर्नैपर्ने, त्यो पनि काल्विन क्लेइन्स ब्राण्डको । पार्टनरसँग ब्रेकअप भएदेखि उनमा पेन्टीको लत लागेको रहेछ । तिन दिनसम्म एउटै पेन्टी लगाउने पूरानो अतीतलाई मेटेर आफुलाई फ्रेस बनाउनका लागि उनले हरेक दिन नयाँ पेन्टी लगाउन थालेका रहेछन् । ब्रेकअप पछिको चिन्ता मेटाउन र मन बुझाउन पनि नयाँ पेन्टीलाई उनले बहाना बनाए सुरुमा ।

Curt-Almond (1)

पेशाले रेष्टुरेन्ट म्यानेर रहेका २६ वर्षे कर्ट अल्मोन्डले एक हप्तामै ४० पाउण्ड अर्थात् झण्डै ७ हजार रुपैयाँ पेन्टीमै खर्च गर्नथाले । ‘जब नयाँ पेन्टी लगाउँथे, तब मलाई निकै सजिलो तथा आनन्द महसुस हुन्थ्यो, उनी भन्छन् ।

तर दिनहुँ नयाँ ब्राण्डेड पेन्टी किन्ने पैसा लामो समयसम्म पुग्ने कुरै भएन । त्यसैले उनले पछि सस्तो खालका पेन्टी किनेर लगाउन थाले । तर हुँदाहुँदा उनी टाट नै पल्टिए । पेन्टी खरीद गर्दा गर्दै उनको भएभरको पैसा सबै रित्तियो ।

उनको त्यो खर्चालु बानीको बारेमा उनकी आमालाई पत्तो थिएन । आफुसँग पैसा नभएर टाट पल्टिएपछि उनी निकै गम्भीर बने । उनी वास्वतमा आफ्नो लतलाई जारी राख्ने हालतमा थिएनन्, त्यसैले उनले आफ्ना पूराना अण्डरवेयरलाई सफा गरेर फेरि लगाउने निर्णय गरे । त्यसपछि उनले फ्याँक्नका लागि टोकरीमा राखिएका थुप्रै अण्डरवेयर झिके र एकाएक धुुन थाले । आजकल उनले दिनहुँ नयाँ पेन्टी लगाउने आफ्नो पुरानो बानी त्यागिसकेका छन् र चलुन्जेल पूरानै पेन्टी धोइपखाली लगाउँछन् ।

आफ्नो पुरानो लत सम्झिंदा उनलाई अहिले पनि अचम्म लाग्छ । अरु मान्छेले लभ टुटेपछि जाँडरक्सीमा लत बसाल्छन्, तर उनमा भने कट्टुमा लत बस्यो । कट्टुमा लत बसेको सायद दुनियामा आफु नै पहिलो मानिस भएको उनको ठम्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment