Comments Add Comment

राहत वितरणपछि अस्थायी टहरा र चर्पी निर्माणमा धुर्मुस र सुन्तली

sitaram-kattel

अमेरिकाका विभिन्न राज्यमा गर्ने भनिएको २ दर्जन कार्यक्रम स्थगित गरेर नेपाल फर्किएका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे अहिले भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा लागिरहेका छन् ।

उनीहरुले नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, भक्तपुर, काठमाण्डौ लगायतका जिल्लामा राहत वितरण सकेका छन् । अब, दोश्रो चरणको योजनामा लागेको सितारामले बताएका छन् । उनका अनुसार राहत नपुगेका जिल्लामा राहतका साथसाथै अस्थायी टहरा र चर्पी निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । सरसफाई अभियानमा सहयोगी बनेर अमेरिकाका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरुले १६ लाख ५० हजार नगद जुटाएका थिए ।

तर, नेपालमा भूकम्प आएपछि अहिले यो रकम सिताराम र कुञ्जनाले भूकम्प प्रभावितका लागि खर्च गरेको बताएका छन् । उनीहरुले अमेरिकाका नेपालीले सहयोग गरेको रकम दुरुपयोग नहोस् भन्नका लागि आफूहरुको वेभसाइट र सामाजिक संजालमा पनि राखेको बताएका छन् ।

भूकम्प प्रभावितहरुका लागि भनेर अमेरिकाबाट १ हजार नौ सय ६३ डलर र नर्वे, कतार, दुबइबाट ५० हजार ८ सय प्राप्त भएको उनीहरुले सार्वजनिक गरेका छन् । उनीहरुले चर्पी निर्माणका लागि सहयोग गरिदिन जस्ता पाता कम्पनीसाग पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment