Comments Add Comment

हुँदैछ ‘वेब ठेगाना’को अभाव

waveविश्वमा इन्टरनेटको विकाश हुँदा ४ अर्ब ३० करोड वटा वेब ठेगानाको लागि ठाउँ सिर्जना गरिएको थियो । अर्थात् ४ अर्ब ३० करोड वेब एड्रेसलाई इन्टरनेटको क्षमताले धान्न सक्थ्यो । वास्तवमा यो संख्या निकै नै धेरै हो । तर सूचना प्रविधिको विकाशससँगै वेबसाइटहरुको संख्यामा यति धेरै वृद्धि भयो की अब इन्टरनेट ठेगानाको कोटा पूरा हुनै लागेको छ ।

उत्तर अमेरिकामा अब केवल ३४ लाख इन्टरनेट ठेगाना मात्र बाँकी छन् र आउँदो गृष्मयाममा यी बाँकी वेब ठेगाना पनि प्रयोगमा आइसकेर सिद्धिनेछन् । वालस्टि्रट जर्नका अनुसार वेब ठेगानाको कोटा सकिनै लागेको यो अवस्थामा अब इन्टरनेट व्यवसायले महंगो नयाँ प्रविधि अबलम्बन गर्नु आवश्यक देखिएको छ । अर्थात् इन्टरनेट प्रोटोकललाई नयाँ संस्करणमा ढाल्नु आवश्यक देखिएको छ । अहिलेसम्म चौथो संस्करण आइपिभी फोरमा रहेको इन्टरनेट प्रोटोकललाई छैटौँ संस्करण अर्थात इन्टरनेट प्रोटोकल (आइपी) भि सिक्स मा रुपान्तरण गर्नु आवश्यक छ । इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सले सन् १९९८ मै आविष्कार गरेको यो आइपीको नयाँ भर्सनको प्रयोग अब आवश्यक बन्दै गएको छ ।

वास्तवमा आइपी एड्रेस भनेको संख्याहरुको छोटो श्रृंखला हो जहाँ अंकहरुको बीचमा तिनवटा थोप्लो हुन्छन्, जस्तै 194.66.82.11 यसलाई कम्प्युटर र सर्भरले अन्यबाट आफ्नो पहिचान छुट्याउन, अन्य कम्प्युटर तथा सर्भरसँग जोडिनका साथै वेबसाइट लगायतका सूचना पठाउनमा प्रयोग गर्छन् । थोप्लोले छुट्टाएका यी चारवटा अंक समूहको आइपी एड्रेसको एउटा निकै महत्वपूर्ण अर्थ भनेको यसले कतिवटासम्म इन्टरनेट ठेगाना बनाउन सकिन्छ भन्ने सीमा तय गर्छ ।

चार सेटको यो आइपी एड्रेसको संरचनाले ४ अर्ब ३० करोड वेब ठेगानालाई धान्न सक्छ । तर यदि त्यसलाई ६ सेटमा पूराइयो भने त्यसले ३४० अनडेसिलियन अर्थात् ३४० पछि ३६ वटा शुन्ना बराबरको संख्या जति वेब ठेगानालाई धान्न सक्छ । यसको अर्थ पृथ्वीका हरेक परमाणुलाई पनि फरक फरक आइपी ठेगाना दिन सकिन्छ ।

विश्वका कतिपय देशहरु यो आइपीभिसिक्स विधिमा गइसकेका छन् । यसमा प्रयोग हुने वेब ठेगानाहरु केही लामा तथा जटिल हुने भएपनि त्यसले इन्टरनेटमा आउन थालेको संकट निवारण गर्न सक्छ ।

तथापि यसका लागि इन्टरनेट कम्पनीहरुले आइपि भि सिक्स सँग मिल्ने हार्डवेयरहरुमा लगानी गर्नुपर्ने हुन्छ, जुन अलिक महंगो हुन्छ ।-दी इन्डिपेन्डेन्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment