Comments Add Comment

भरतपुर अस्पतालका पूर्वअध्यक्ष सुवेदीद्वारा अंगदान

५ चैत, चितवन । भरतपुर अस्पतालका पूर्वअध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ (ख) का सांसद विजय सुवेदीले मरणोपरान्त अंंगदान गरेका छन् । ५६ औं जन्मदिनको अवसर पारेर सांसद सुवेदीले भरतपुर अस्पतालमै पुगेर अंगदान गरेका हुन् ।

उनले मृत्यु पश्चात् मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज, मिर्गौलालगायत अंगदान गर्ने मञ्जुरी दिए । सांसद सुवेदी भरतपुर अस्पतालमा अंग दान गर्ने पहिलो व्यक्ति बनेका छन् ।

उनले आफ्नो इच्छापत्र अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरे । मृत्युपश्चात त्यसै पनि आगोमा जलेर जाने शरीरका काम गर्ने महत्वपूर्ण अंग दान गर्दा आफुलाई गौरवान्वित भएको भन्दै सांसद सुवेदीले यसलाई अभियानका रुपमा अघि बढाउनुपर्ने बताए ।

आफूले गरेको अंगदानले कसलै नयाँ जीवन प्राप्त गर्ने भएकाले सबैलाई अंगदान गर्न उनले आग्रह गरे । आफू मरे पनि आफ्नो महत्वपूर्ण अंगहरु बाँचिरहने भन्दै कुनै पनि मानिस महत्वपूर्ण अंग काम नलाग्ने भएर नमरोस् भन्ने उद्देश्यका साथ अभियान चलाउनुपर्ने उनको धारणा छ ।

मृत्युपछि जलेर खरानी हुने वा गाडेर सकिने अंग अरुको जीवन बचाउनलाई दिन सके मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट ८ जनाले पुनर्जीवन पाउन सक्ने चिकित्सकहरु बताउँछन् । सरकारले हरेक प्रदेशमा एउटा मृगौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने तयारी गरेकोले भरतपुर अस्पतालमा राख्न पहल थालिएको छ ।

सांसद सुवेदीले जन्मदिनमा अंगदानसँगै अस्पताल परिसरमा पिपलको विरुवा समेत रोपेका छन् । विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएका सांसद सुवेदीले आफ्नो तीन महिनाको तलव निर्माणाधीन धुर्मस सुन्तली फाउण्डेशनलाई दिने घोषणा यसअघि नै गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्र भित्र हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत हरेक वडामा कम्तीमा पनि दुई टोलमा घरघरमा फलफूलका विरुवा रोप्ने अभियान चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment