Comments Add Comment

हृयाडिनले एकदिवसीय क्रिकेटबाट सन्यास लिए

Brad-Haddin

३ जेठ, काठमाडौं । अष्ट्रेलियन विकेट किपर-ब्याट्म्यान ब्राड हृयाडिनले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । हृयाडिनले टेस्ट क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।

विश्वकप क्रिकेटको फाइनल नै अष्टे्रलियाको एकदिवसीय जर्सीमा उनको अन्तिम खेल रहृयो । उनले भने-‘मेरो एकदिवसीय क्रिकेट सुखद रहृयो । ३ वटा विश्वकप क्रिकेटमा सहभागी हुन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु ।’

अष्ट्रेलिया विश्वको नम्बर १ स्थानमा भएको बेला टिम छाडेका उनले प्राप्त उपलब्धीहरुप्रति गर्व रहेको बताए । उनले अघि भने-‘मेरो जस्तै गरी आफ्नो करिअरको अन्य गरेका खेलाडीहरु कमै छन् । आफनो दशमै विश्वकप जितेपछि सन्यास लिँदा मैले भाग्यमानी ठानिरहेको छु ।’

सन् २००१ मा डेब्यू गरेपनि उनले अष्ट्रेलियाको लागि मात्र १२६ एकदिवसीय क्रिकेट खेलेका छन् । सन् २००८ मा एडम गिलक्रिस्टले सन्यास लिएपछि मात्र उनी टिमको नियमित सदस्य बनेका थिए ।

उनले ५० ओभरको क्रिकेटमा मात्र २ शतक बनाएका छन् र दुबै शतक न्यूजिल्याण्डबिरुद्ध बनाएका थिए । उनले एकदिवसीय क्रिकेटमा कुल ३१२२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment