Comments Add Comment

क्यानडा सरकारबाट झन्डै ८४ करोडको राहत सहयोग  

pray for nepal-canadaटोरोन्टो । भूकम्पले निम्त्याएको विपत्तिमा क्यानडा केन्द्रिय सरकारले १० मिलियन क्यानेडियन डलर अर्थात झन्डै ८४ करोड रूपैयाँ र ओन्टारियो प्रान्तीय सरकारले १ मिलियन डलर बरावरको राहत तत्कालका लागि उपलब्ध गराएका छन् ।

दुवै सरकारले नगद सहयोग उपलब्ध नगराई मेडिकल सप्लार्यस, शुद्ध पिउने पानी व्यवस्था, प्राविधिक टोलीसहितको उद्धार टोली, भूकम्पमा हराएका मानिस खोज्ने विशेष प्रविधि (फिलिफिन्सको सुनामीमा हराएका मानिस पत्ता लगाउन सफल भएको प्रविधि) लगायतका सामान उपलब्ध गराएको छ ।

त्यस्तै, क्यानेडियन फोर्स डिजास्टर एसिस्टेन्सस् रेस्पोन्स टिम (डिएआरटी) मार्फत दर्जनौ क्यानेडियन फोर्सले उद्धारमा सहयोग पुर्याइरहेका छन् । सो टीममा डाक्टर, नर्स, इन्जिनियर र दक्ष उद्धार टोली लगायत करिव दुई सय जना रहेका छन् ।

सो टिम काठमाडौ, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, गोर्खासहित अति प्रभावकारी जिल्लामा अति जोखिम वर्गलाई उद्धार र मेडिकल उपचारमा सम्लग्न रहेको छ । सो फोर्सले भाषा अनुवादकको रुपमा क्यानेडिय आम फोर्समै काम गर्दै आएका नेपाली ययस्वी सिवाकोटीलाई समेत संलग्न गराएर उद्धार कार्य प्रभावकारी बनाएको छ ।

क्यानडाबाट अन्य प्रान्तीय सरकार, रेडक्रस, यूनिसेफ क्यानडा, गैरसरकारी संघसस्था, टेलिकम्युनिकेसन संगठन, नेपाली तथा गैर नेपाली संस्था, बैक तथा वित्तीय समूह, चर्च तथा मस्जिद, साना ठूला व्यापारिक तथा गैरव्यापारिक सस्थाले ठूलो मात्रामा चन्दा संकलन गरिहेका छन् ।

क्यानडाबाट धेरै सहयोग गर्ने तेश्रो सूचिमा बेल मिडिया रहेको छ । बेलले एक लाख डलर सहयोग गर्ने भएको छ । क्युवेक प्रान्तीय सरकारले ५० हजार डलर, नर्थवेस्टले २५ हजार, क्यालगरीका नेपाली संस्थाहरुबाट ३ लाख ५० हजार, भ्यानकोभरको नेपाली कल्चर सोसाइटीसहित अन्य संघसस्थाबाट ४ लाख ११ हजार, आरबीसी बैकले ७५ हजार, टीडी बैकले ५० हजार डलर सहयोग गरेका छन् ।

त्यस्तै ओन्टारियोमा रहेका विभिन्न नेपाली सस्थाहरुले निरन्तर चन्दा संकलन गरिरहेका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएन एनसीसी) क्यानडाले ५० हजार, नेपाली क्यानेडियन कम्युनिटी अफ नेटकर्व (एनसीएनसी) नेपाली क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस) नेपालीज क्यानेडियन हेरिटेज सेन्टर (एनसीएचसी) नेवा गुठी, जनजाति एसोसिएसन, नेपाली जनसम्पर्क समिति, लालिगुराँस स्पोर्ट क्लब आदिले नगद संकलन गरेका छन् ।

यता विभिन्न पेशा र व्यवासायमा रहेका नेपालीले पनि व्यत्तिगत र सस्थागत रुपमा चन्दा सक्कलन गरेका छन् । डिउक हाका चाइनिज रेष्टुरेन्ट संचालक पशुपति पोखरेल र नेपाल टिभी क्यानडाको संयोजनमा आयोजित एक गला डिनरबाट २० हजार भन्दा बढि रकम जुटेको छ । यो अभियानमा पाकिस्तानी क्यानेडियन समुदायले  सहयोग गरेका छन् । त्यस्तै जेनि मेगा मोटर्स संचालन गर्दै आएका आषिश भट्टराई र उनको टीमले करिव १५ हजार डलर उठाएका छन् ।

एनआरएनए क्यानडाले तत्काल ५० हजार डलर पठाउने

भूकम्प पीडितलाई तत्काल उद्धार गर्न ५० हजार डलर एनआरएनए क्यानाडाले काठमाडौको केन्द्रिय परिषद्मा पठाउने भएको छ । अहिले ५० हजार डलर तत्काल उद्धारका लागि एक दुई दिनमै मुख्यालयमा पठाउने र दोश्रो चरणमा पुनर्निर्माणलाई सहयोग पुग्नेगरी सहयोग उठाउने काम जारी हुने एनआरएनए क्यानडाका अध्यक्ष अनिल थापाले बताए ।

उनले भने ‘क्यानेडिय सरकारले भनेको डलर टु डलर म्याच गराउन सजिलो भएन । यो प्रयास जारि नै रहने छ । अहिले मान्छे उद्धार गर्न नेपालमा पैसा चाहिएको छ ।’

पीडित परिवारलाई क्यानडा आउन लचिलो र द्रुत रुप दिइने

क्यानेडियन सरकारले महाभुकम्प आएको दोश्रो दिननै पीडितको परिवारलाई तुरुन्त क्यानाडा ल्याउन खुकुलो र दु्रत रुपको नीति लागु गरेको छ । अप्रिल २५ शनिवरको दिन भुइचालो आएका थियो । त्यसबाट पीडित परिवारलाई तत्कालै क्यानडा ल्याउने कार्यालय खुलेको पहिलो दिन नै आर्थत अप्रिल २७ सोमवारकै दिन सीआइसीको वेभपेजमा ‘स्पेशल मेर्जस’को सूचना दिएको थियो । त्यसमा पीडित परिवारका आफन्त क्यानाडा आउने प्रक्रियामा रहेका, क्याडनाको भिषा सकिएर फर्कन लागेका जो कोहि र नयाँ भिजिट भीसा आवेदन गरी छोराछोरीलाई भेट्न क्यानडा आउनेलाई लचिलो रुपले सहयोग गर्ने घोषणा गरेका छ ।

दिल्ली हाइकमिसनमा भुकम्प पीडित विषेश डेस्कको व्यवस्था गर्नुको साथै क्यानडाभित्रका नेपालीलाई पनि रेस्पोन्स गर्न विशेष हटलाईनको सेवा दिदै आएको छ । भुकम्प गएकै दिन नेपाली राजदुत कालिप्रसाद पोखरेल, टोरोन्टोका कन्सुलर जेनेरल डा. कुन्जर शर्मा, एनआरएन क्यानडा लगायत विभिन्न सस्थाहरुका प्रतिनिधिले हार्पर सरकारका प्रभावशाली मन्त्रि जोसन क्यानी र विभिन्न एमपीहरुलाई भेटी महाभूकम्पले ल्याएको विपत्तिको विषयमा जानकारी गराएका थिए ।

–पिताम्वर भट्टराईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment