Comments Add Comment

विपत व्यवस्थापन गर्न नसके राजनीतिक भूइँचालो आउँछः वैद्य

५ जेठ, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले विपत व्यवस्थापन गर्न नसके देशमा ठूलो राजनीतिक भूकम्प आउने बताएका छन् ।

फाइल फोटो

वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछि पार्टी गरेका काम कारबाहीबारे जानकारी दिन मंगलवार स्वयम्भूको भुइँखेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले राजनीतिक रुपमा भूकम्प गयो भने त्यसको नेेतृत्व आफ्नो पार्टीले लिने दाबी गरे ।

महाविपतिका बेलामा पीडितमाथि राहत वितरणमा अनियमितता भएको गुनासो आएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने वैद्यले बताए ।

 ‘राहतका कामहरु भइरहेका छन्, पाल वितरण भइरहेको छ, तर पीडितले पाल पाउन सकेका छैनन्, खाद्यान्न वितरण भइरहेको छ तर, पीडितले खाद्यान्न पाउन सकेका छैनन्,’ वैद्यले भने, ‘पीडितले राहत पाउने व्यवस्था तुरुन्त गर्नुपर्छ ।’

सर्वदलीय सरकार होइन, संयन्त्र

विपद व्यस्थापनका लागि ठूलो चुनौती भएको भन्दै दलका नेताहरुले राष्ट्रिय सरकार गठन गरिनुपर्ने आवाज उठाइरहेका बेला वैद्यले भने त्यस्तो सर्वदलीय सरकार आवश्यक नभएको बताए ।

सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए । विपत व्यवस्थापनका लागि सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाई जिल्लादेखि वडासम्म नै यस्तो संयन्त्र बनाउनुपर्ने वैद्यको सुुझाव छ ।

पाँच माओवादीले श्रम शिविर चलाउने
नेकपा-माओवादीका अध्यक्ष वैद्यले भूकम्पपछि आफूहरुले प्रभावित क्षेहरुलाई विभिन्न कमाण्डमा विभाजन गरी उद्धार कार्यमा खटिएको बताए ।

पाँच माओवादीबीच प्रभावित क्षेत्रमा श्रम शिविर चलाउने निर्णय भएकाले सोहीअनुसार आफूहरु संयुक्तरुपमा प्रभावित क्षेत्रमा जाने वैद्यले जानकारी दिए । अहिलेको महाविपतिका बेला सबै दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा वैद्यको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment