Comments Add Comment

लण्डनमा साकेला नाँचबाट भूकम्पपीडितका लागि ६ लाख संकलन

landan-sakela-1लण्डन । बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस लेन, रिप्लेस्थित माङखिम तथा साकेला स्थल किरात राई घरमा उभौली (यालेदोङ ५०७५) साकेलाको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो । किराँती धामीले सवैलाई चोख्याउने कार्य गरेका थिए । सोही कार्यक्रममा राहत संकलन अभियानसमेत चलाइएको थियो ।

landan-sakela-deep2पृथक बन्यो साकेला

कार्यक्रममा कुनै व्यानर र सजावटहरु थिएन, पाहुनालार्इ व्याच लगाइएन, खादा मात्रै अढाइयो । मञ्चमा भूकम्प पीडितका लागि राहत संकलन भन्ने ठूलो व्यानर टाँगिएको थियो भने नेपालका दर्दनाक तस्विरहरुले सजाइएका थिए ।

कार्यक्रमको दोस्रो भागमा किराँत राईहरु भूमीपुत्र अनि प्राकृतिको पुजक भएको हुँदा साकेलाको पूजा र यो संकटकाल फेरि नदोहोरीन भनी किराँत धामीवाट  शिली भूमे पूजा विधीपूर्वक सम्पन्न गरियो ।

गत वर्षहरुमा साकेला सिली प्रतीयोगिता अनि उभौली धुमधामसँग मनाए पनि यो वर्ष पूजा आराधनामा  मात्र सीमित रहेको साकेला उभौली कोर्डिनेटर तथा संघका उपध्यक्ष चन्द्रवहादुर राईले बताए ।

किराँती धामी (नाछोङ) किताबसेर राईले टाउकोमा सेतो फेटा  लगाई सुम्निमा–पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टा सहित सेउलीको थानमा उभौली भूमीपूजा गरी थान वरिपरी नाँचगान गरिएको थियो ।

landan-sakela-deep3कार्यक्रममा गिल्डफोर्ड बोरो काउन्सिलकी ड्युपिटी मेयर निकी नेल्सन स्मिथ, किराँत राई यायोक्खा सल्लाहकार तथा पूर्व अध्यक्ष प्राध्यापक सुमाया राई, रसमोर नेपाली समाजका  अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान जेपी, किराँत सुनुवार सेवा समाज बेलायतका सल्लाहकार तथा पूर्व अध्यक्ष जंग सुनुवार, रेडियो बिजिडब्लुएसका निर्देशक रिटायर्ड मेजर सोनाम सेर्पा, तमुधी युकेका अध्यक्ष सूर्य गुरुङ र क्याल्गिरि, क्यानाडाबाट धनकेशर राई लगायतको उपस्थिति थियो ।

साकेला उभौली पूजा तथा साकेला नाँच काठमाडाै लगायत पूर्वको ईलाम, झापा, मोरङ कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा, संखुवासभामा लोकप्रिय छ ।

अन्तर्राष्ट्रिय रुपमा किराँती बस्तीहरु भएका देशहरु भारत, सीक्किम,अमेरिका,बेलायत, हङ्कङ्,जापान,कोरिया मलेसिया, कतार र ब्रुनाईमा रहेका नेपालीले समेत साकेला मनाउने प्रचलन बढेको छ ।

स्वदेशमा महाभूकम्प पीडितहरुका लागि करिब ६ लाख नेपाली रुपैया राहत संकलन गरिएको संघका कोषाध्यक्ष डम्बर राईले जानकारी दिए । हाल सम्म किरात राई यायोक्खा बेलायतले करिब ३१ लाख नेपाली रुपैयाँ उठिसकेको संघले जनाएको छ ।

–रोशन मेवाहाङ्गबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment