Comments Add Comment

ओली काठमाडौं, नेपाल सिन्धुपाल्चोक, झलनाथलाई भक्तपुर

UML Team

६ जेठ, काठमाडौं । नेकपा एमालेले भूकम्प प्रभावित जिल्लामा शीर्षनेतालाई अनुगमन तथा व्यवस्थापनका लागि खटाउने भएको छ । राहत तथा पुननिर्माणमा खटिने पार्टीका स्वयंसेवकहरुको कामको अनुगमनसमेत शीर्ष नेताले नै गर्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली काठमाडौंमा खटिने छन् भने वरिष्ठ नेता झलनाथ खनाल भक्तपुर र माधवकुमार नेपाललाई सिन्धुपाल्चोकमा खटाउने निर्णय केन्द्रीय सचिवालयले गरेको छ ।

त्यस्तै उपाध्यक्ष विद्या भण्डारी काभ्रेपलान्चोक, युवराज ज्ञवाली नुवाकोट, अष्टलक्ष्मी शाक्य धादिङ र भीम रावल रसुवामा खटिने एमालेले जनाएको छ ।

महासचिव ईश्वर पोखरेल दोलखामा खटिने छन् भने उपमहासचिव विष्णु पौडेल ललितपुर र अर्का उपमहासचिव घनश्याम भुसाल रामेछापमा खटिनेछन् ।

सचिवहरु प्रदीप ज्ञवाली गोरखा, पृथ्वीसुब्बा गुरुङ सोलुखुम्बु, भीम आचार्य लमजुङ र योगेश भट्टराई काठमाडौंमा खटिनेछन् ।

स्थायी समिति सदस्यहरुमध्ये मुकुन्द न्यौपाने, सिन्धुली, शंकर पोखरेल सिन्धुपाल्चोक, सुरेन्द्र पाण्डे मकवानपुर, किरण गुरुङ दोलखा, सत्यनारायण मण्डल धादिङ, अमृत बोहोरा सिन्धुपाल्चोक र सोमनाथ प्यासी ओखलढुंगामा खटिनेछन् ।

एमालेले यो अभियानमा खटिने स्वयंसेवकहरुलाई विहीवार ललितपुरमा प्रशिक्षण दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । प्रशिक्षण र सपथग्रहणपछि ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ भन्ने गीत गाउँदै एमाले कार्यकर्ताहरु गाउँ पस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment