Comments Add Comment

भूकम्प पीडितलार्इ हिमालय उर्जा विकास कम्पनीको २३ सय त्रिपाल

himalaya-urja-bikas-companey८ जेठ, काठमाडौं । खिम्ती खोलाबाट रामेछापको गर्जाङमा १२ र ७ मेगावाटका दुई आयोजना निर्माण गरिरहेको हिमालय उर्जा विकास कम्पनीले प्रभावित क्षेत्रका भूकम्प पिडीतलाई राहतस्वरुप त्रिपाल वितरण गरेको छ ।

गाविस, सेना, प्रहरी तथा स्थानीय राजनीतिक दलको संयन्त्रका प्रतिनिधिलाई कम्पनीका प्रबन्धक प्रकाश दुलालले त्रिपाल हस्तान्तरण गरे । रामेछाप र दोलखाका प्रभावित नौ गाविसमा २३ सय वटा त्रिपाल वितरण गरिएको दुलालले जानकारी दिए ।

सो अवसरमा उनले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा भूकम्प पीडितलाई राहत वितरण गरिएको जानकारी दिए ।

‘यस क्षेत्रमा हामीले पहिलो चरणमा पाँच सय त्रिपाल वितरण गरेका थियौं । दोस्रो चरणमा १७ सय त्रिपाल वितरण गर्‍यौं ।’ दुलालले भने- ‘कम्पनीले आगामी दिनमा पनि आवश्यकताअनुसार राहत वितरण गर्नेछ ।’

कम्पनीले दोस्रो भूकम्प गएकै दिन अर्थात बैशाख २९ गते पहिलो चरणको राहतस्वरुप ५ सय त्रिपाल वितरण गरेको थियो ।

कम्पनीले रामेछापको फुलासी, नमाडी, बेताली, रस्नालू, दोलखाको मालु, मेलुङ, शहरे र माली गाविसमा प्रतिगाविस सयवटा त्रिपाल वितरण गरेको छ भने रामेछापको चुचुरेमा दुई चरण्मा गरी ५ सय ५०, ठोसेमा १ सय २५ र दोलखाको स्यामामा १ सय ७८ वटा त्रिपाल वितरण गरेको छ ।

कम्पनीले राहत वितरणमा ५० लाख रुपैयाँ खर्च गरेको प्रबन्धक दुलालले जानकारी दिए । बैशाख १२ र १३ गतेको भूकम्पले सामान्य मात्रै क्षति पुर्याएको यस क्षेत्रमा २९ गतेको भूकम्पले ९५ प्रतिशत घरहरू बस्न नहुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment