१४ जेठ, काठमाडौं । सरकारले भूकम्प पीडितहरुका लागि राहत जुटाउने अभियानका लागि कलाकारत्रय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मह जोडी र बलिउड अभिनेत्री कोइरालालाई सद्भावना दूत घोषणा गरेको हो ।
भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा अपेक्षाकृत रुपमा रकम जम्मा हुन सकेको छैन । सरकारी संयन्त्रमाथि आम जनतामा विश्वास नगरेको भन्दै सरकारले चर्चित सेलिब्रेटीहरुको सहयोग लिन लागेको हो ।