Comments Add Comment

तीन करोड बढी मूल्यका राहत सामाग्री सेनालाई हस्तान्तरण

१४ जेठ, काठमाडौं । नेपालका भूकम्प पीडित जनताका लागि वेलायतमा व्यवसाय गरिरहेका नेपाली फेसन डिजाइनर रविजंग लामिछानेले पहिलो चरणमा सवा तीन करोड मूल्यका लत्ता कपडा प्रदान गरेका छन् ।

armyलामिछानेले बेलायतबाट पठाएका ८ करोड मूल्यका लत्ता कपडा लगायतका सामाग्रीमध्ये पहिलो चरणमा ३ करोड २६ लाख बराबरका सामान विहीवार सैनिक मुख्यालयमा हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भूकम्प पीडितका लागि बेलायतबाट पठाइएका ती सामाग्रीको बिल भरपाइ सहित रविजंगकी आमा रुक्मिणा लामिछानेले प्रधान सेनापति गौरव शमसेर जबरालाई हस्तान्तरण गरेकी हुन् । अरु दुई सिपमेन्टका सामान चाँडे नै नेपाल आउनासाथ नेपाली सेना र नेपाल प्रहरीलाई हस्तान्तरण गरिने जनाइएको छ ।

सो अवसरमा सेनापति राणाले विपत्तिका बेला मातृभुमी सम्भिmएर सहयोग गरेकामा लामिछाने परिवारलाई धन्यवाद दिए ।

सेनाले ती सामाग्रीहरु आवश्यकता अनुसार समानुपातिक ढंगले सबै भूकम्प पीडित क्षेत्रमा वितरण गर्ने जनाएको छ । १०४ कार्टुनभित्र लत्ता कपडा, जुत्ता चप्पल, कम्बल, बेबी वेयर, महिला तथा बालवालिकाका लागि अत्यावश्यक सामाग्रीहरु समेटिएका छन् ।

यसअघि लामिछानेले भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत तथा उद्दार कोषमा आफ्नो व्यक्तिगत तर्फबाट ५१ लाख १७ हजार रुपैयाँ प्रदान गरेका थिए । सो रकम पनि आमा रुक्मिणाले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेकी थिइन् ।

भूकम्प पीडितका लागि यति ठूलो परिणाममा जिन्सी सामाग्री पठाउने लामिछाने पहिलो व्यक्ति हुन् । उनी बेलायतमा गार्मेन्ट तथा फेसन डिजाइनको व्यवसाय गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment