Comments Add Comment

राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ

१६ जेठ, काठमाडौं । भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कर्मचारी चरेससहित पक्राउ परेका छन् ।

डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रुपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

नेपालबाट र्फकनेक्रममा प्रहरीले उनलाई अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ गरेको हो । ५७ वर्षका एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागूऔषध नियन्त्रण व्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहले बताए । ‘जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो,’ उनले भने, ‘आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्वीकारेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment