Comments Add Comment

भूकम्पले राउटे समुदाय विभाजित

१६ जेठ, दैलेख । विपत्तिमा एकसाथ रहने गरेका अछामका राउटे समुदाय भूकम्पको कारण विभाजित भएका छन् । भूकम्पअघि अछामको भैरबस्थानमा बस्दै आउका राउटे समुदाय भूकम्पले त्रस्त बनेका छन् ।
raute
भूकम्पको त्रासले छुट्टएिको राउटको एक समूह लयाटीविन्ध्यासैनी-१, किमडीखान चौरमा बसिरहेको छ भने अर्को समूह सिंगौटी-५ सिस्ने खोलास्थिति दाडेको मुहानमाथि सरेको नागरिक दैनिकमा खबर छ ।

किमडीखानको समूहको डिलबहादुर शाही र बीरबहादुर शाहीले नेतृत्व गरिरहेका छन् । उक्त समूहले माछा मारेर जीवनयापद गरिरहेको छ । किमडीखान खुला चौर भएको स्थान हो ।

त्यस्तै सिंगौटीमा रहेको समूहको नेतृत्व मुखिया सर्यबहादुर शाहीले गरिरहेका छन् । राउटेहरु एकदेखि तीन महिनामा बस्ती फेर्ने गर्दछन् । वरिपरि घनावस्तीबीचमा रहेको बस्तीमा राउटे पुगेका छन् । राउटे शिकारको लोभमा विभाजन भएर गएको अन्य राउटे बताउँछन् । तीन मुखिया रहेको राउटे बस्ती विभाजनपछि मुखिया पनि विभाजन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment