Comments Add Comment

राहत नपाउने डरले जोखिमपूर्ण घरमा बास

१७ जेठ, तनहुँ । मनपाङ बेलौतेडाँडाका दिलबहादुर नेपालको घर भूकम्पले चर्किएको छ । गारोको जोर्नी नै चर्किएकाले कुनै पनि बेला घर भत्कने जोखिम छ । फाट्टफुट्टा वर्षा भइरहेकाले जोखिम झनै बढाएको छ । तर पनि उनी त्यही भग्नावशेष बन्न लागेको घरमा रात बिताउँदैछन् ।

‘भूकम्प आए बाहिर निस्कने गरेको छु,’ उनले भने, ‘अरु बेला रात घरमै कटाएका छौं ।’ उनले घर भत्काएर अस्थायी टहरो बनाउनेबारे नसोचेका होइनन तर आर्थिक अभाव अनि सरकारले दिने भनेको राहत पाउने वा नपाउने अनिश्चितताका कारण त्यही घरमै रात बिताउन विवश छन् उनी ।

यस्तो समस्या दिलबहादुरको मात्रै हैन धेरैको छ । व्यवस्थापिका संसदले तनहुँ पठाएको अनुगमन टोलीले गरेको अनुगमनमा धेरै बासिन्दा जोखिमपूर्ण घरमा बसिरहेको ठहर गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

टोलीकी सदस्य सभासद् रेखा शर्मा भन्छिन्, ‘सरकारले भत्केकालाई दिने राहतको समयमै प्रबन्ध नगर्दा स्थिति विकराल बन्न सक्छ ।’ उनका अनुसार राहत नपाउने होकि भन्ने डरका कारण धेरै चर्किएको घरमै बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment