Comments Add Comment

लुम्विनी बैंकले ल्यायो मुद्दती निक्षेपमा नयाँ योजना

१९ जेठ, काठमाडौं । लुम्विनी बैंक लिमिटेडले व्यक्तिगत ग्राहकलाई लक्षित गरी १०० दिन तथा १ वर्ष वा सोभन्दा माथि अवधिको मुद्दती निक्षेप योजना ल्याएको छ ।

Lumbini-Bank-

न्यूनतम मौजदात २ लाख रुपैयाँमा खोल्न सकिने लुम्विनी १०० दिने मुद्दती निक्षेप खातामा बैंकले वार्षिक ७.००५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसैगरी न्यूनतम मौजदात ५ लाख रुपैयाँमा खोल्न सकिने लुम्विनी १ वर्ष वा सोभन्दा माथिको अवधिको खातामा बैंकले वार्षिक ७.५०५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

१०० दिने मुद्दती निक्षेप योजना अन्तर्गत खोलिने मुद्दती खातामा दैनिक रुपमा ब्याज गणना गरी १०० औं दिन पछि भुक्तानी गरिनेछ । यसैगरी १ वर्षे वा सो भन्दा माथिका मुद्दतीमा दैनिक ब्याज गणना गरी त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ ।

लुम्विनी बैंक लिमिटेडका कुनै पनि शाखामा यी दुबै निक्षेप खाता खोल्न सकिने छ । यी दुवै निक्षेप योजना सीमित अवधिको लागि उपलब्ध हुने बैंकले जनाएको छ ।

माथि उल्लेखित खाताहरुबाट आफ्ना ग्राहकवर्गलाई आफ्नो बचतको अधिकतम सुरक्षा तथा आकर्षक प्रतिफल प्रदान गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

खुद मुनाफा २४.६७ करोड

आर्थिक वर्ष ०७१/७२ कोे तेस्रो त्रैमासिकको अन्त्यमा लुम्विनी बैंकको कुल निक्षेप १८.६४ अर्व र कुल कर्जा १६.७५ अर्ब छ । २४.६७ करोड खुद मुनाफा रहेको बैंकले जनाएको छ ।

हाल लुम्विनी बैंकले १८ वटा शाखा मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment