बलिउडका सफल कलाकार गोविन्दाकी छोरी टिना अहुजा अब बलिउडमा पाइला राख्दैछिन् ।बलिउडकर्मीका सन्तानले एकपछि अर्को चलचित्र मार्फत यो क्षेत्रमा पाइला अगाडि बढाइरहेका छन् ।
यही भिडमा टिना अहुजा पनि आएकी हुन् । चलचित्रकर्मीकै सन्तानका लागि बलिउड पाइला राख्न सजिलो हुने गरेको टिप्पणी पनि हुने गर्दछ । यो चलचित्रमा टिना गिप्पी ग्रेवालको साथमा देखिदैछिन् ।
यो एउटा कमेडी चलचित्र हो । टिनाको साथमा गिप्पीले पनि यही चलचित्र मार्फत बलिउडमा पाइला राखेका हुन् । उनको वास्तविक नाम भने टिना होइन । उनको वास्तविक नाम नर्मदा हो । तर, चलचित्रमा पाइला राखेसँगै उनले नाम परिवर्तन गरेर टिना अहुजा राखेकी हुन् ।
बलिउडमा आएका थुप्रै चलचित्रकर्मीका सन्तानमध्ये केही मात्र सफल भएका छन् । टिनाले पनि गोविन्दाको जस्तै सफलता पाउलिन् या केही चलचित्र खेलेर हराउलिन्, चलचित्र प्रदर्शन भएपछि थाहा लाग्नेछ ।