Comments Add Comment

सम्पदा बनाउन एकै व्यक्तिद्वारा पाँच करोडको प्रस्ताव

dharahara (4)

२४ जेठ, काठमाडौं । भूकम्पले भत्किएका पुरातात्विक संरचना पुननिर्माणमा एकै व्यक्तिले पाँच करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव गरेका छन् । होटल हिमालयका सञ्चालक जापानी नागरिक ताकासी मियाहाराले पाँच करोड रुपैयाँ सहयोग गर्ने इच्छा व्यक्त गर्दै पुरातात्विक विभागमा निवेदन दिएका हुन् ।

विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार उनले काठमाडौं, भक्तपुर र ललितपुरमा एक/एक वटा संरचना बनाइदिने प्रस्ताव गरेका छन् । पुरातात्विक संरचना पुननिर्माण गर्न १० करोड रुपैयाँ लागे पनि खर्च गर्न तयार रहेको उनले बताएको नयाँ पत्रिकामा खबरछ  ।

अन्य संघसंस्था तथा निजी क्षेत्रले पनि पुरातात्विक संरचनाको पुननिर्माणमा चासो दिँदै सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment