Comments Add Comment

मध्यमाञ्चलस्तरीय राष्ट्रपति रनिङशिल्ड हेटौँडामा हुने

२९ जेठ, मकवानपुर । मध्यमाञ्चल स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हेटौँडामा हुने भएको छ । मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा असार १ र २ गते हेटौँडाको हुप्राचौरमा हुन लागेको हो ।

बैशाख २१ र २२ गते काठमाडौंमा हुने भनिएको प्रतियोगिता भूकम्पको कारण स्थगित भएको थियो ।

क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख महम्मद ज्याउल इस्लामले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिता चितवनमा गर्ने भनिए पनि गर्मीले साथ नदिएकाले मकवानपुरमा आयोजना गर्न लागिएको बताए । उनका अनुसार प्रतियोगितामा मध्यमाञ्चलका १८ जिल्ला सहभागी हुने छन् ।

जिल्ला स्तरीय रनिङशिल्ड प्रतियोगीताको विजयी विद्यालय सहभागी हुने क्षेत्रिय स्तरको खेलकुद प्रतियोगितामा रसुवा जिल्ला भने सहभागी नहुने छैन । रसुवामा गत वर्ष प्रतियोगिता नभएको कारण सहभागी हुन नसकेको क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख इस्लामले जानकारी दिए ।

प्रतियोगितामा १८ जिल्ल्ााका ४ सय ८६ छात्रा र उत्तिकै सङख्यामा छात्र खेलाडी सहित गरी ९७२ खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा १ सय, २ सय,४ सय, ८ सय, १५ सय र ५ हजार मिटरको एकल दौड तथा रिले तर्फ १ सय र ४ सय मिटरको दौडमा छात्र-छात्रा सहभागी हुने छन् । यसैगरी छात्र छात्रा तर्फ भलिबल, सितेरियो कराते, तेक्वान्दो र उसुका खेल हुने छन् ।

प्रथम हुने टोलीले २० हजार, द्वितीय हुने टोलीले १५ हजार तथा तृतीय हुने टोलीले १० हजार राशीको पुरस्कारसहित मेडल तथा प्रमाण पत्र पाउनेछन् ।

यस्तै प्रतियोगितामा विजयी टोली तथा खेलाडीले असार ५ गतेदेखि ७ गतेसम्म पोखरामा हुने राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीतामा सहभागी हुन पाउने जिल्ल्ाा खेलकुद विकास समिति हेटौँडाका अध्यक्ष बालकृष्ण चौलागाइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment