Comments Add Comment

भूकम्प पीडितलाई अमेरिका बस्ने नेपाली विद्यार्थीको सहयोग

काठमाडौं । अमेरिकाको टेक्सस स्थित साम हौस्टन स्टेट युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु नेपालका भूकम्पपीडितको सहयोगमा जुटेका छन् ।

भूकम्प पीडितलाई सहयोग गर्न भनी नेपाल आएका विद्यार्थी संगठनका अध्यक्ष सुनिल थापा सहित शिव पौडेल, संगीता थापा, अनिस तिमल्सिना, शिशिर भट्टराई र विश्वद्विपले नेपालमै रहेका स्वयंसेवकको सहयोगमा भूकम्पप्रभावित क्षेत्रमा राहत वितरण तथा सहयोग जारी राखेको उनीहरुको संस्थाले जनाएको छ ।

पछिल्लो पटक स्थानीय स्वयम सेवक बिनोद थापाको सहयोगमा सिन्धुपाल्चोकको थापागाउ वडा नम्बर ५ स्थित भोटेसिपा गाउका ३६ परिवारलाई २०० थान जस्तापाता वितरण गरिएको संगठनका अध्यक्ष थापाले जानकारी दिए । यस्तै, उनीहरुले ललितपुरको हरिसिद्धिमा ५० थान छाता र टर्च लाईट वितरण गरिसकेको जनाएका छन् ।

आगामी दिनमा ललितपुरको छम्पीस्थित छम्बी चम्पी माविमा राखिने स्वास्थ्य शिविरमा स्वयंसेवकका रुपमा काम गर्ने र बुङमतीमा घरमा क्षती पुगेका भूकम्पपीडितका लागि आवास निर्माणमा सहयोग पुर्‍याउने योजना रहेको अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment