Comments Add Comment

गधाको दुधको पनिर किलोको १ लाख १० हजार रुपैयाँ

Gadha (1)

यो महंगीको जमानामा कुनैपनि चिजको मूल्यले आकाश नै छोइरहेको छ, अझ खानपिनका चिजको त कुरै नगरौँ । तरपनि हाम्रोमा महंगी यति सारो बढिसकेको छैन की पनीरको मूल्य किलोको १ लाख रुपैयाँ भन्दा बढि होस् ।

सर्बिया मात्रै त्यस्तो देश हो जहाँ पनीरको मूल्य किलोको झण्डै १ लाख १० हजार रुपैयाँ बराबर पर्दछ । सर्बियाको जेसाविक नेचर रिजर्वले यस्तो महंगो मूल्यमा पनीर बेच्दै आएको छ । त्यो पनीर कुनै चानचुने पनीर पनि होइन, गधाको दुधबाट बनेको पनीर हो ।

विशेष जातको गधाको दुधबाट उक्त पनीर बनाइउको हो । विज्ञहरुका अनुसार गधाको दुध एन्टी एलर्जिक हुन्छ र भिटामिन सी पर्याप्त पाइन्छ ।

Gadha (2)

सर्बियाको जेसाविक नेचर रिजर्भका व्यवस्थापक स्लोबोदन सिमिकका अनुसार उक्त आरक्षमा १ सय ४० गधा पालिएको छ र एक पटकमा १२ वटा गधाको दुध दुहुने गरिन्छ ।

गधाको दुधको मूल्य प्रति लिटर झण्डै ४५ सय रुपैयाँ छ र एक किलो पनीर तयार पार्न २५ लिटर जति दुध आवश्यक पर्छ ।

Gadha (3)

Gadha (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment