Comments Add Comment

हङकङमा चीनको चुनाव सुधार प्रस्ताव अस्वीकार

Hongkong

३ असार, काठमाडौं । हङकङको जनप्रतिनिधिहरुले चीन समर्थित विवादास्पद चुनाव सुधार प्रस्ताव अस्वीकार गरेको छ ।

चीनको प्रस्ताव अनुसार सन् २०१७ मा हुने चुनावमा हङकङका जनताको मताधिकार हुनेछ । तर, चुनावमा भाग लिने उम्मेदवारको जाँच पहिले गर्ने उसको प्रस्ताव थियो ।

चीनको प्रस्तावको मानिसहरुले विरोध गरे र लोकतन्त्र समर्थित कार्यकर्ताले यसलाई ‘फर्जी लोकतन्त्र’ भनेका छन् ।प्रस्तावबारे मतदान हुनु अघि सरकारलाई समर्थन गर्ने निवार्चित प्रतिनिनि काउन्सिल चेम्बारबाट बाहिरिए, जसका कारण ३७ सांसद मात्र रहे ।

२८ सांसदले प्रस्तावको विरोध गरेका छन् भने ८ जनाले समर्थनमा मतदान गरे । यो प्रस्ताव पारित गर्नका लागि कम्तिमा ४७ भोट चाहिन्थ्यो ।

लेजिस्लेटिभ काउन्सिलका अध्यक्ष वासपर सांगले भने-‘प्रस्तावले दुई तिहाइ मत पाउन सकेन । म घोषणा गर्छु कि यो प्रस्ताव स्वीकार गरिएन ।’

यो मतदान परिणामपछि अब हङकङको नेता अब १२०० सदस्यीय समितिले चयन गर्नेछ । हङकङ हाल चीन नियन्त्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment