
५ चैत, घोडाघोडी । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला पर्नुभएको छ । बमको आर्थिक अवस्था कमजोर छ ।
‘मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’, उनी पीडा सुनाइ रहन्छिन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करिब १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाइन् । ‘छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने’, उनले भनिन् ।
बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाइन् । ‘छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो’, उनले भनिन् । बमका मामा टेकबहादुर शाह श्रीमानले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताउँछिन् ।
प्रतिक्रिया 4