+
+
Shares

सिद्धबाबा सुरुङको भौतिक प्रगति ५६ प्रतिशत माथि

यसबाहेक तीन बाइपास सुरुङको समेत ब्रेक थ्रु भइसकेको छ । अहिले सुरुङमा आवश्यक अन्य संरचना निर्माणको काम जारी रहेको आयोजनाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते २०:४९

१८ असार, काठमाडौं । सिद्धबाबा सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ५६ प्रतिशतमाथि पुगेको छ ।

सिद्धबाबा सुरुङमार्ग आयोजनाले बुधबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार सिद्धबाबामा अहिले टनेल लाइनिङको काम जारी छ । स्लोप प्रोटेक्सनको कामसमेत जारी छ ।

सिद्धबाबाको वित्तीय प्रगति ५०.२० छ । यो आयोजनामा ११ माघ २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सुरुङको भर्चुअल माध्यमबाट ‘ब्रेक थ्रु’ गरेका थिए । यहाँ १ हजार ८९ मिटर लामो मुख्य सुरुङ बनाइएको छ ।

यसबाहेक तीन बाइपास सुरुङको समेत ब्रेक थ्रु भइसकेको छ । अहिले सुरुङमा आवश्यक अन्य संरचना निर्माणको काम जारी रहेको आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । यो खण्डको झण्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैं पहिरोको उच्च जोखिममा पर्ने गरेको छ । सोही जोखिम मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायत काम जारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?