Comments Add Comment

डेढ महिनामा ५ सय वालवालिका भारतमा बेचिएको दाबी

४ असार, काठमाडौं । भूकम्पपछि नेपालका बालवालिकाहरु मजदुरी एवं वेश्यावृत्तिका लागि भारतमा विक्री हुने गरेको भारतीय सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणमा प्रकाशित भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो डेढ महिनायता १७ मानव तस्करले ५ सय नेपालीलाई भारतमा पुर्‍याएर बेचेको समाचारमा जनाइएको छ ।

मेल टुडेलाई उधृत गर्दै आजतकले लेखेको छ-‘नेपाली वालवालिकाहरु भारतका ठूला सहरमा मजदुरी र वेश्यावृत्तिका लागि बेचिँदै आएका छन्, उत्तरप्रदेश खुफिया ब्यूरोे अनुसार डेढ महिनाको अवधिमा १७ मानव तस्करले करिब ५ सय नेपालीलाई दिल्ली र मुम्बईका सहरमा पुर्‍याएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार नेपालको सीमाक्षत्रेमा पर्ने उत्तर प्रदेशको बहराइचबाट सबैभन्दा बढी मानव तस्करी हुने गरेको छ । भूकम्पपछि यस्तो तस्करी बढेको हो ।

रिपोर्टमा भनिएको छ कि तस्करहरुले भारतमा जागिर दिने प्रलोभनमा परिवारका सदस्यसँग किनेर नेपाली बालवालिका भारत लैजाने गरेका छन् । भारत सरकारले भूकम्प पीडितका छोराछोरीलाई केही सुविधा दिने प्रलोभनसमेत मानव तस्करहरुले परिवारलाई दिने गरेको भारतीय पत्रिकामा खबर छ ।

यसैवीच भारतीय योग गुरु रामदेवको पतञ्जली योगपीठ समेत २२ नेपाली बालवालिकालाई भारत लैजान लागेको घटनामा विवादित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment