Comments Add Comment

कान्छा निर्देशकलाई सम्मान नै सम्मान

saugat-samman

चलचित्र ‘लभ यू बाबा’ ८ बर्षमा निर्देशन गरेका सौगात बिष्टले नेपालबाट थुप्रै सम्मान थापिसकेका छन् । विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगातलाई सम्मान गर्ने क्रम रोकिएको छैन ।

बुटवलमा आयोजना भएको एक कार्यक्रममा सौगात सम्मानित भएका छन् । वुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले सौगातलाई सम्मान गरेको हो । प्रतिभा भन्ने कुरा शारीरिक आकार र प्रकारमा भन्दापनि कर्मशीलतामा हुने भन्दै सौगातलाई सम्मानित गरिएको छ ।

गायिका देविका बन्दनाको एकल साँझका अवसरमा उनलाई सम्मानपत्र प्रदान गरिएको हो ।
सो कार्यक्रममा नायिका नम्रता सापकोटा, नायक गजित बिष्टले पनि आफ्नो प्रस्तुती दिएका थिए । सम्मान पाएपछि सौगातले खुशी व्यक्त गरे ।

८ बर्षको उमेरमा नै चलचित्र निर्देशन गरेका सौगातलाई विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment