Comments Add Comment

कांग्रेस नेता कार्कीको अन्त्येष्टि

१० असार, धनकुटा । नेपाली कांग्रेस धनकुटा क्षेत्रनम्बर १ का सभापति गोविन्द कार्कीको विहीबार विश्रान्तीस्थित मुलघाटमा दाहसंस्कार गरिएको छ ।

Gobinda-Karki-Dharanउनको बुधबार विहान निधन भएको थियो । भेडेटारस्थित आफ्नै घरको बाथरुममा बेहोस भेटिएका कार्कीलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

विहीबार विहान पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि १ घण्टा राखेर टुँडिखेल हुँदै तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, विचबजार, परिचय मोड, बसपार्क हुँदै विश्रान्तीस्थित मुलघाटमा दाहसंस्कार गरिएको थियो ।

कार्कीको शवलाई विहीबार विहान नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । त्यसक्रममा कांग्रेस धनकुटाका सभापति एवम् संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । कार्कीलाई श्रद्धान्जली दिन जिल्लाका नेता-कार्यकर्ता, शुभचिन्तक र आफन्तहरुको उपस्थिति थियो ।

कार्की उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । उनका श्रीमती, छोरी र एक छोरा छन् ।

२०४६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी जिल्ला तहमा निष्ठावान राजनीतिज्ञका रुपमा चिनिन्छन् ।

कार्कीको निधनको शोकका कांग्रेस धनकुटाले ३ दिनसम्म शोक मनाउने र १३ औं पुण्य तीथिका दिन शोक सभा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment