१२ असार, काठमााडौ । वैशाख १२ को भूकम्पले धर्ति हल्लायो, गणेश आचार्यको घर थचक्कै भूइँमा बस्यो । बाँच्ने धुनमा उनको चार सदस्य परिवार भाग्दाभाग्दै माथि पहाडबाट सुख्खा पहिरो खस्यो । जमिन चिरा पर्न थाल्यो । जसोतसो जोगिएका उनीहरुले धाँजा फाटेकै जमिनमा खुला आकाशमुनि रात बिताए ।
केही दिनपछि त्रिपाल आयो । राहतमा चामल, तेल लगायत खाद्यान्न गाउँ पुग्यो । तैपनि यो परिवारमा चमक फिरेन, उनीहरुलाई बासको चिन्ताले पिरोलिरहेको थियाये । अन्ततः उनको परिवार बसाइ सर्न बाध्य भयो, नागरिक दैनिकमा खबर छ ।
राम्चे-९ धोर्पिसी, गणेशको गाउँ हो । घर त रहेन नै, निरन्तर सुक्खा पहिलो र जमिनमा फाटेका धाँजाले त्याहाँ बस्न सक्ने अवस्था नै रहेन । खानेपानीको मुल सुक्यो । नजिकको खहरे दब्यो । त्यसभन्दा बढी चिन्ता ज्यानकै सुरक्षाको । त्यसैले खेतीपाती र पुर्खेउली थलो छोडेर एकसरो लुगाको भरमा गाउँ छाडे । ‘बनेपाको बुडोल बजार अब मेरो नयाँ गाउँ,’ बसाइसराइको कागजात बनाउन चौतारा आइपुगेका गणेशले भने ।
बुडोलमा भाडामा जग्गा लिएर उनले जस्ताको टहरो बनाइसकेका छन् । दिनभरी बनेपा बजारमा मजदुरी गर्छन, बेलुका परिवारसँग टहरोमा सुताउँछन् ।
गणेशसँगै त्याहाँका आठ परिवार भाग्यमानी ठहरिए । अहिले मनसुनसँगै धोर्पिसी गाउँमा ठूलो पहिरो लागेको छ । विपतमा सबैले उनीहरुले जस्तै बेलैमा सहि निर्णय गर्न सक्दैनन् । जिल्लाका दर्जनौं बस्तीका बासिन्दा हत्केलामा ज्यान थापेर गाउँमै बसिरहेका छन् ।