Comments Add Comment

पूर्वी नेपालमा बाढीको वितण्डा, २ को मृत्यु, २ सय बढी विस्थापित

Badhi-le-Duban

  • फाइल तस्वीर

१६ असार, काठमाडौं । अविरल वर्षाको कारण बिभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा दुई सय बढी परिवार विस्थापित भएका छन् । इलाम र मोरङमा बाढीले बगाएर २ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

झापाको दमक जाने क्रममा बुधबार बिहान रतुवा खोलाको बाढीले बगाएर इलाम चुलाचुली-६ का ४८ वर्षीय फूर्वा शेर्पाको मृत्यु भएको छ । त्यस्तै माइखोलाको बाढीले बगाएर महमाई-९ का ५३ वर्षीय सूर्यकुमार राई वेपत्ता भएका छन् ।

शेर्पाको शव भेटिए पनि राईको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिए ।

बाढी बस्तीमा पसेपछि बिचल्ली

मोरङमा बक्राहा खोलाको बाढी दुई ठाउँमा बाँध फुटाएर बस्तीमा पसेपछि २ सय बढी परिवार विस्थापित भएका छन् । बाढीले बगाउँदा मधुमल्ला २ का ८ वर्षीय सुशील थापाको मृत्यु भएको छ ।
बाढीले बगाउँदा बगाउँदै ९० वर्षीया मनमाया थापा र ५२ वर्षीय दुर्गा थापालाई जिवितै उद्दार गरेको उर्लाबारी प्रहरीले जनाएको छ ।

बुधबार बिहान २ बजेतिर बाँध फुटेर बाढी गाउँमा पसेको थियो । बाढीले मधुमल्लाका ३, ४, ५ र ६ नम्बर वडा डुबानमा परेका छन् ।

झापामा ५० परिवार विस्थापित

यस्तै झापाको बिरिङ खोलाको बाढीले डाँगीबारी र खुदनाबारीका केही वस्ती डुबानमा परेका हुन् । ती क्षेत्रबाट ५० परिवार विस्थापित भएका छन् । मेची खोलामा आएको बाढीले पनि आसपासका बस्ती डुबानमा परेका छन् ।

राजमार्ग अबरुद्ध

अविरल वर्षासँगै झरेको पहिरोका कारण बिभिन्न जिल्लामा राजमार्ग अबरुद्ध भएका छन् । उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ दिक्तेल जोड्ने सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

वर्षाको कारण कच्ची सडक अवरुद्ध भएपछि गाईघाटदेखि पहाडी क्षेत्रको साउने खाँबु, रौता सल्ले, चिसापानी तथा फोक्सिङटार, भुटारलगायतका सडकखण्डमा यातायात सञ्चालन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् ।

यसैगरी धरान-धनकुटा सडकखण्डको लाबरबोटे १२ मा पहिरो जाँदा यातायात सेवा ठप्प छ । सिद्धार्थ राजमार्गस्थित पाल्पाको दोभानमा पहिरो झरेपछि बाटो अबरुद्ध भएको छ ।

यसैगरी मंगलबारदेखि अवरुद्ध दोलखाको भिमेश्वर-साखिने र सिंगटी-लामाबगर खडकखण्ड तथा सिन्धुपाल्चोकको मार्मीङ र धुस्कुन सडकखण्ड नखुल्दा यात्रुहरु मर्कामा परेका छन् । प्रहरीले सडक खुलाउने प्रयास भैरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment