इजरायल । वैशाखमा नेपालमा गएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुको सहयोगार्थ इजरायलमा रहेका नेपालीहरुले भूकम्पपीडित सहयोग सांगितिक कार्यक्रम गर्ने भएका छन् ।
चर्चित गायकगायिकाहरु देवी घर्ती, रामजी खाँड तथा नेपाली तारा-३ का विजेता प्रताप लामाको साथमा ‘सोसाइटी अफ हेल्पिङ हर्टस् इन इजरायल’ले सांगितिक साँझको आयोजना गरेको हो ।
नारीहरुका लागि नारी रु १ करोड १ परोपकारी अक्षय कोष, नेपाल मुक्तक प्रतिष्ठान इजरायल, चितवन समाज इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजारायल, अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल तथा प्रवासी नेपाली नागरिक समाज इजरायलको सहआयोजनामा सांगितिक साँझ आयोजना गरिएको आयोजकले जनाएको छ ।
आगामी जुलाई १७ र १८ तारिखका दिन आयोजना गरिएको कार्यक्रमका लागि लेविन्स्की पार्कबाट कार्यक्रम स्थल तेल अभिभको हागना बेत्बारबर १३५ सम्म निःशुल्क यातायातको ब्यवस्था मिलाइएको मधुकर अधिकारीले जनाएका छन् ।
सोही सांगितिक साँझको अवसरमा भूकम्पपछि नेपालको भूकम्प प्रभावित क्षेत्रमा तत्काल गएका इजरायली आर्मीसहितको डाक्टरहरुको रेस्क्यू टिमलाई सम्मानसमेत गरिने अधिकारीले जानकारी दिए ।