Comments Add Comment

समाचार संकलनका लागि सहज वातावरण बनाउन आग्रह

१५ चैत, काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनको समाचार संकलनका लागि पत्रकारहरुलाई सहज वातावरण बनाउन नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आग्रहग गरेको छ ।

सम्मेलनका लागि समाचार संकलनार्थ पत्रकारहरुलाई पास वितरण प्रक्रियामा लगानी बोर्डले सबै सञ्चारमाध्यमलाई एकै ढंगले नहेरेको भन्दै नाफिजले आफ्नो ध्याकर्षण भएको भन्दै यस्तो आग्रह गरेको हो ।

बोर्डले सम्मेलनको विभिन्न शत्रमा हुने छलफलमा समाचार संकलनार्थ पत्रकारहरुलाई पास वितरणमा केहि सिमित सञ्चारमाध्यमहरुलाई मात्रै प्राथमिकता दिएको भन्दै नाफिजले आपत्ति जनाएको हो ।

बिहीबार नाफिजले प्रेस वक्क्तव्य जारी गर्दै बोर्डले सिमित सञ्चार माध्यमलाईमात्रै पास वितरण गरेर सिण्डिकेट लागु गर्न खोजेको आरोप समेत नाफिजले लगाएको छ ।

‘सम्मेलनमा माचार संकलनका लागि पास वितरण प्रक्रियामा लगानी बोर्डले सिमित सञ्चार माध्यमलाईमात्रै बाडेको भन्ने सूचनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ नाफिजले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बोर्डले सम्मेनलका विभिन्न शत्रहरुमा समाचार संकलनार्थ पास केहि सिमित सञ्चार माध्यमलाई मात्रै वितरण गरी सिण्डिकेट लागू गर्न खोज्नु निन्दनीय कदम भएको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ठहर छ ।’

शुक्रबार र शनिबार हुने लगानी सम्मेलनमा बिना भेदभाव सबै सञ्चार माध्यमहरुलाई समाचार संकलनको सहज व्यवस्था मिलाउन लगानी बोर्डसमक्ष नाफिजले माग गरेको छ ।

सम्मेलन शुक्रबार बिहान राजधानीमा शुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा ६ सय बढी विदेशी लगानीकर्ताहरु सहभागी हुनेछन् । सम्मेलनमा लगानीका लागि ७७ वटा परियोजनाहरु प्रस्ताव गरिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment