Comments Add Comment

बैंकिङ कसुरका फरार रामचन्द्र पक्राउ

२३ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी अछाम जुपु गाबिस-१ बस्ने ३५ वषर्ीय रामचन्द्र तिमिल्सिनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले काठमाडौं नयाँबानेश्वरबाट बुधबार पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकको पत्रले बैकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटन ललितपुरको २०७१ मंसिर २१ को फैसलाले ३ बर्ष कैद तथा १ करोड ६ लाख रुपैयाँ जरिवाना ठहर भई बेरुजु रहेका तिमिल्सिनालाई ब्यूरोले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

क्रिष्टल फाईनान्स लिमिटेड थापाथलीबाट करीब ४४.६१ करोड लिएको कर्जा चुक्ता नगरी बित्तीय प्रणालीलाई जोखिममा पार्ने कार्यमा संलग्न ब्यक्तिहरुमध्ये तिमिल्सिनाले काठमाडौं महानगरपालिका-११ स्थित चर्चिल कम्पेलेक्स भवनको तेस्रो तलाका कवलहरु धितो राखि १ करोड ६ लाख रुपैयाँ कर्जा लिएकोमा नतिरी दुरुपयोग गरेको हुँदा पुनरावेदन अदालत पाटनले बिगो बमोजिम जरीवाना र कैद हुने गरी फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment