Comments Add Comment

लागु औषध कारोबारका मुख्य नाइकेसहित ३ पक्राउ

२७ असार, बुटवल । रुपन्देहीमा लामो समयदेखि लागु औषध कारोबारमा संलग्न मुख्य नाइकेसहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीले खैरो हिरोइनको ओसार पसार गर्ने समूहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

3 Arrested with Brown Sugerपक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोल बस्ने ३७ वर्षीय टिका भनिने बलबहादुर सुनार, गजेडी गाविस १ का २२ वर्षीय किरण श्रीष र सैनामैना १२ बस्ने २८ वर्षीय दीपक प्रधान रहेका छन् । मुख्य नाइके सुनारले आफ्नो स्थायी घर अर्घाखाँचीको पोखराथोक गाविस ५ ओखरा बताउने गरेका छन् ।

किरणको साथबाट बरामद १ सय ५६ ग्राम ४९६ मिलिग्राम खैरो हेरोइन, दीपकको साथबाट १ ग्राम ३२० मिलिग्राम हेराइन र बलबहादुर सुनारको साथबाट लागु औषध तौल गर्ने १ थान इलेक्ट्रोनिक्स मेसिन प्रहरीले सार्बजनिक गरेको छ ।

सुनारले लामो समयदेखि लागु औषधको व्यापार गर्दै आएको र अन्य २ जनाले उनीमार्फत सप्लाइ गर्ने गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक सुवास खड्काले बताए ।
लागु पदार्थ सेवन गर्ने गरेकेा सुचनाका आधारमा सैनामैना ८ कलौनिका २१ वर्षीय भुवन बेल्बासे र सोही ठाउँका ३२ वर्षीय गणेश थापा मगरलाई असार २४ गते नियन्त्रणमा लिइ सोधपुछ गर्दै जाँदा लागु औषध बेचविखनमा संलग्न सो गिरोह पक्राउ परेकोे हो ।

असार २५ गते प्रहरी निरिक्षक सुवास खड्का नेतृत्वको टोलीले मुख्य नाइके टिका भनिने बलबहादुर सुनारलाई घरबाटै पक्राउ गरेको हो ।

उनी करिब ४-५ महिना देखि ड्राइभर टोल बस्दै आएको र ३-४ बर्ष पहिलेदेखि नै लागु औषध बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।

भारतबाट ल्याएर नेपालमा बिक्री

भारतबाट पत्रकार सम्मेलनमा सुनारले आफूले भारतको लखनौंबाट १ पटकमा १ लाख भारतीय मूल्य बराबरको लागु औषध लिएर घर मै मेसिन राखी साना-साना पुरिया बनाइ प्रतिपुरिया २५० रुपैयाँमा बेच्ने गरेको बताए ।

उनी मार्फत सस्तोमा किनेर १ पुरियाको ५ सयदेखि १ हजार रुपैयाँमा बिक्री गर्ने गरेको किरण श्रीस र दिपक प्रधानले स्वीकारेका छन् । विशेष गरि रुपन्देहीको बुटवल, भैरहवा, मुर्गिया, कलौनि, सालझण्डी, हरैया, रुद्रपुर तथा कपिलबस्तुमा समेत बेच्ने गरेको उनीहरुले बताए ।

उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment