Comments Add Comment

ह्युस्टनमा भानुजयन्ती मनाइयो

Bhanu-jayanti
ह्युस्टन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ह्युस्टन च्याप्टरले आइतबार २०२ औं भानु जयन्ती भव्यताका साथ मनाएको छ | आशियाना रेष्टुरेंन्टमा सञ्चालन गरिएको कार्यक्रममा भानुभक्तका कविता वाचनसँगै सम्मान कार्यक्रम, पुस्तक तथा सिडी बिमोचनलगायतका कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा डा. तारानाथ शर्मालार्इ अभिनन्दन गरिएको थियो भने, बरिष्ठ साहित्यकारहरु तिर्थराज अधिकारी, भोजराज न्यौपाने तथा गजलकार शरुकाली, गीतकार साईलामा र सरिता आचार्यलार्इ सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको ‘झटारो’ नामक मुक्तकको अंग्रेजी भर्सन र शरुकालीको एक गजल सिडीको बिमोचन गरेका थिए । ‘झटारो’ मुक्तकको अंग्रेजीमा अनुबाद बरिष्ठ साहित्यकार भोजराज न्यौपानेले गरेका हुन् ।

करिब २०० जनाको उपस्थितिमा गरिएको यस कार्यक्रममा बालबालिकाहरुको आर्ट कम्पिटिसन , बाध्य बाधन, लोक गीत कथक तथा आधुनिक नाचहरु सम्पन्न भएका थिए | उक्त कार्यक्रममा भानुको जीबन गाथा सस्थाका उपाध्यक्ष कमल पन्थीले वाचन गरे ।

कार्यक्रम अनेसास ह्युस्टन च्याप्टरका संस्थापक अध्यक्ष गंगा लिगलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment