Comments Add Comment

पत्रकार महासंघ कतारले बुझायो संविधान मस्यौदाको सुझाव

घनश्याम पराजुली (कृष्ण)

दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले दोहास्थित नेपाली दुतावासमा नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी टिप्पणी तथा सुझावहरू बुझाएको छ ।

नेपाल पत्रकार महासंघको मिति २०७२ असार २४ गते बसेकोे बैठकको निर्णयअनुसार नेपालको संविधान-२०७२ को प्रारम्भिक मस्यौदामा नेपाल पत्रकार महासंघको टिप्पणी तथा सुझाव कतार शाखाले नेपाली दुतावास कतारका कार्यवाहक राजदुत मणिरत्न शर्मालाई बुझाएको हो । कतारमा रहेका क्रियाशिल पत्रकारहरु तथा अभिव्यक्ति स्वतन्त्रतासँग सरोकारवालाहरूको उपस्थितीमा उक्त पत्र पेश गरिएको हो ।

नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव मोहम्मद अजिज अलीले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि पत्रकार महासंघले बुझाएको टिप्पणी तथा सुझावहरुबारे प्रष्ट पारेका थिए ।
FNJ doha-1

पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले उक्त पत्र कार्यवाहक राजदुत शर्मालाई हस्तान्तरण गर्दै संविधानको मस्यौदामा राज्य पक्षबाट छुटेका विषयबस्तुहरुलाई सच्याउन दवाव मुलक सुझाव दिएका थिए । उनले प्रेसलाई पुर्ण रुपमा स्वतन्त्र बनाउनुपर्ने साथै आमसञ्चारको हकसम्बन्धि विषयबस्तुमाथि प्रष्ट पारेका थिए ।

उपस्थित पत्रकारहरु माझ बोल्दै कार्यवाहक राजदुत शर्माले राज्यको चौथो अङ्गको रुपमा पत्रकारहरु रहेको र राज्यका हरेक गतिविधिहरुमाथि सुसुचित गर्न पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताए । उनले कतारमा पत्रकारहरुले खेलेको भूमिकाबारे प्रशंसा गरे ।

कतारमा पत्रकारहरुले सबै भन्दा अघाडी नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि टिप्पणी तथा सुझावहरू बुझाएको बताउदै यसलाई सम्बन्धित ठाउसम्म पुर्याउने प्रतिवद्धता जाहेर गरे । प्रवासमा रहेका नेपालीहरुलाई संविधानको मस्यौदाबारे चासो रहनु स्वभाविक रहेको भन्दै खुसी प्रकट गरे ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने ‘कतारमा नेपाली समुदाय एकजुट भएर अगाडि बढ्नुपर्छ । नेपाली कामदारहरुको हकहितका लागि यहाँका समुदायहरुले महत्वपुर्ण भूमिका खेलिरहेको छ । हामी पनि दुतावासलार्इ अझै बढी सेवामुखी बनाउन पहल गरिनेछ ।’

उनले नेपालमा गएको भूकम्पमा परेका नेपालीहरुको सहयोगका लागि कतारमा रहेका नेपालीहरुको सहकार्यलाई स्मरण गर्दै अव संविधानको बारेमा रचनात्मक सुझावको अपेक्षा रहेको बताए । कार्यवाहक राजदुत शर्माले कतारमा स्थापित संघसंस्थाहरुले दुतावासमा सुझाव तथा टिप्पणी बुझाउन सक्ने समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment